काठमाण्डौं , जेष्ठ २८ : लोकप्रिय लोक गायक रामजी खाँड र गायिका विन्दु सुनारको स्वरमा रहेको ‘दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस‘ गीतको भिडियो सार्वजनिक भएको छ ।
मुकुन्द पौडेलको शब्द तथा संगीतमा रहेको गीतमा युवा युवती विचको प्रेम र रोमान्सलाई ठटयौली भाकामा प्रस्तुत गरिएको छ ।
राम केसीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ‘दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस‘ गीतको भिडियोमा दिलिप रेग्मी र दिव्या न्यौपानेको अभिनय देख्न सकिन्छ ।
गीतको पुरा भिडियो हेर्नुहोस

