नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा चनौली बजारलाई डस्टबिन सहयोग
चनौली। पश्चिम चितवनको चनौली बजारलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक चनौली शाखाले डस्टबिन सहयोग गरेको छ।
बजार क्षेत्रमा बढ्दै गएको फोहोर व्यवस्थापनको चुनौतीलाई न्यूनीकरण गर्दै सरसफाइ अभियानलाई प्रभावकारी बनाउन बैंकले २० वटा डस्टबिन शुक्रबार हस्तान्तरण गरेको हो। बैंकको यस सहयोगले बजार क्षेत्रको सरसफाइ तथा वातावरण संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
बजारलाई सफा र सुन्दर बनाउनु स्थानीय व्यवसायी, उपभोक्ता तथा सरोकारवाला सबैको साझा जिम्मेवारी भएको भन्दै डस्टबिनको उचित प्रयोग गर्न चनौली वजार व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ ढकालले आग्रह गरे। उनले बजार क्षेत्रमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै व्यवस्थित फोहोर संकलन र व्यवस्थापनमा यसले सहयोग पु¥याउने विश्वास लिइएको वताए।
बैंकको यस कदमलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय बजारको वातावरणीय स्वच्छता र सामुदायिक हितमा गरिएको सहयोगका रूपमा लिने चनैली वजार व्यवस्थापन समितिका सल्लाहाकार संयोजक एकनारायण पौडेलले वताए। स्थानीयस्तरमा निजी तथा वित्तीय संस्थाहरूले पनि सामाजिक विकास र सार्वजनिक सरसफाइमा सहकार्य गर्नुपर्ने सन्देश यसले दिएको उनको भनाइ थियो।
डस्टविन हस्तान्तरण कार्यक्रममा बैंकका चनौली शाखा प्रमुख कृष्णप्रसाद पाैडेलले, ‘चनौली बजारलाई सहयोग गर्न पाउँदा हामी भएको छौँ । यो पहल सामाजिक उत्तर दायित्व र सामुदायिक सेवामा हाम्रो प्रतिबद्धतासँग पङ्क्तिबद्ध छ ।’
उक्त अवसरमा चनैली वजार व्यवस्थापन समितिका सल्लाहाकारहरू श्रीलाल अधिकारी, राजकुमार श्रेष्ठ, गुञ्जनगर खानेपानीका अध्यक्ष महेन्द्र गुरूङ, वजार व्यवस्थापन समितीका सचिव कालिका प्रसाद खनाल तथा वैकका कमचारीहरू बिष्णु चापागाई, पुर्णकान्त अधिकारी र पुस्कर गुरूङ लगायतको उपस्थिती थियो।


