काठमाडौँ , असार १० : नेपाली कला क्षेत्रमा कलाकारहरु बेलाबेला मा विभिन्न किसिमका बिबादमा आउने र हराउने कुरा सामान्य नै हो यस्तै क्रममा छोटो समय र सानै उमेरमा दर्जनौ लोकप्रिय गीत गाएर दर्शा स्रोताको मन जित्न सफल भएकी गायिका समिक्षा अधिकारी पनि चोखो रहन सकिनन् |
त्यसैले केहि समय संगीत क्षेत्रबाट केहि टाढा बसेकी गायिका समिक्षा अधिकारिको झरी बनि आउन नामक गीत आज मात्र सार्बजनिक भएको छ |
लोक सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका जमुना सनमको म्युजिक कम्पनि जमुना क्रियसनको प्रस्तुति रहेको यस गीतलाई लोक र आधुनिक फ्युजन मा तयार गरिएको छ |
सर्जक राजु सुनामले शब्द तयार गरेको गीतमा गायिका समिक्षा अधिकारी र जमुना सनम द्वयले आवाज दिएका छन् | वान डीबी एचडी स्टुडियोमा रेकर्ड गरेको गीतको अदियोलाई संगीत भर्ने काम एचबिएन किस्मतले गरेका हुन् |
काजिश श्रेष्ठले निर्देशन गरेको गीतको मुजिक भिडियोमा गायिका समिक्षा अधिकारी र शर्मिला अधिकारीले अभिनय गरेका छन् |
हेर्नुहोस गीतको भिडियो

