काठमाडौं, असार २४: जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । गोली प्रहारबाट घाइते भएको प्रधानमन्त्री शिन्जोको उपचारको क्रममा मृत्यु भएको हो ।
उनको नारा युनिभर्सिटीको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छन् । उनलाई आज बिहान चुनावी अभियान अन्तर्गत नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रम सम्बोधन गर्दा गोली प्रहार भएको थियो ।

