ग्रेस इन्टरनेशनल ग्रुपका प्रबन्ध निर्देशक रामचन्द्र पौडेल अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स एलायन्स (AECA) को नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। अष्ट्रेलियन एजुकेशन एण्ड माइग्रेसनका क्षेत्रमा लामो अनुभव संगालेका पौडेल २०१७ देखिने उक्त संस्थाको बोर्ड सदस्यका रुपमा कार्यरत हुनुहुन्थ्यो।
संगठनमा रहँदा सक्रिय भूमिका खेलेका पौडेल एक अब्बल नेतृत्वकर्ता पनि हुनुहुन्छ। २०१६ देखि भुपाल सिटौलाको नेतृत्वमा उपाध्यक्ष पदमा रहेर काम गरेका पौडेलले आजदेखि अध्यक्षको कार्यभार समाल्नु भएको हो। AECA अष्ट्रेलियामा शिक्षा सल्लाहकारहरूको लागि शीर्ष निकाय हो, र ४४ भन्दा बढी सदस्य संस्थाहरूको हित प्रतिनिधित्व गर्दछ। यसका सदस्यहरूले विद्यार्थीहरूलाई अध्ययनका विकल्पहरू, भिसाहरू र आप्रवासन, र आवासको बारेमा सल्लाह सहित विभिन्न सेवाहरू प्रदान गर्छन्।
ग्रेस इन्टरनेसनललाई अन्तराष्ट्रिय स्तरमा फैलाएका पौडेलको नेतृत्वमा AECA ले ठुलो फड्को मार्ने पनि अपेक्षा गरिएको छ।

