निराज रानाभाट , काठमाडौ : ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुति गीत ” केशरी केशरी ” सार्वजनिक भएको छ। चर्चित लाेक तथा दोहोरी गायक प्रकाश सपूत र चर्चित माेडल सृष्टि खड्काको अभिनय रहेको गीत ” केशरी केशरी ” असाेज १४ गते , शुक्रबार ( अाज ) ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको हो ।
अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको शब्द रहेको गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको रहेको छ भने उक्त गीतको मिक्सिङ / मास्टरिङ तथा एरेन्ज श्याम श्वेत रसाइलीले गरेका छन , भने पृज्मा स्टुडियोमा रेकर्ड भएको थियो ।
ठट्यौली प्रेमिल गीत ” केशरी केशरी ” को भिडियो ऋषि राज आचार्यले गरेका छन । अहिलेको वास्तविक समयलाई चित्रण गर्ने भिडियोको छयांकन मोहन कुमार ( झिल्लु ) ले गरेका हुन ।
महेश्वर आचार्य , रितु आचार्य र राजेन्द्र खातीको सह – निर्देशन रहेको उक्त भिडियोलाई अनिल कुमार मानन्धरले सम्पादन र रंगरोघन गरेका छन । गीतमा सियोन श्रेष्ठको कोरियोग्राफीले भिडियोलाई अर्कै उचाईमा पुर्याएको छ ।

