ट्याम्वर्थ – ट्याम्वर्थमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायका सदस्यहरूलाई नेपालिज् इन ट्याम्वर्थ (NIT) ले यही आउँदो बुधबार, १६ जुलाई २०२५ का दिन आयोजना गर्न लागिएको वार्षिक साधारण सभा (AGM) तथा सामूहिक पिकनिक कार्यक्रममा हार्दिक निमन्त्रणा गरेको छ।
Bendemeer Park मा बिहान ७ बजेबाट दिउँसो ४ बजेसम्म सञ्चालन हुने यस कार्यक्रममा संस्थाको वार्षिक समीक्षा, आगामी कार्ययोजना, दीर्घकालीन दृष्टिकोण, तथा समुदाय सुदृढीकरणसम्बन्धी विषयमा छलफल गरिनेछ। साथै, सहभागीहरूबीच भेटघाट, भाइचारा र सञ्जाल विस्तार गर्ने उत्कृष्ट अवसर पनि हुनेछ।
पिकनिक स्थलसम्म पुग्न चाहनेका लागि Tamworth Train Station बाट बिहान ७:०० बजे बसको व्यवस्था गरिएको छ। बस सेवा चाहिने सहभागीहरूले RSVP गर्दा जानकारी दिन अनुरोध गरिएको छ।
आमाबाबु तथा बालबालिकाका लागि पिकनिक निःशुल्क रहनेछ। पहिलेका सदस्यहरूले सदस्यता नवीकरण गर्नुपर्नेछ जसको शुल्क एकलका लागि $15 र जोडीका लागि $25 रहेको छ। नयाँ सदस्यता लिन चाहनेका लागि एकल सदस्यता $25 र जोडी सदस्यता $40 निर्धारण गरिएको छ। शुल्क Nepalese In Tamworth Incorporated को BSB: 062-602, Account Number: 10721456 मा जम्मा गर्न सकिनेछ। भुक्तानीपछि आफ्नो नाम, सदस्यता प्रकार र रसीद जानकारी सम्पर्क व्यक्तिहरूलाई पठाउन अनुरोध गरिएको छ।
NIT ले स्वयंसेवामूलक, खेलकुद, युवामुखी, सांस्कृतिक, सामाजिक तथा आपतकालीन सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। आगामी दिनमा सदस्यहरूलाई Subsidy दिने, आपतकालीन अवस्थामा सहायता उपलब्ध गराउने र नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षणमा विशेष जोड दिने योजना रहेको छ।
RSVP तथा थप जानकारीका लागि सागर पौडेल (0435 661 345), मदन पाण्डे (0424 284 345) वा मुक्ति चालिसे (0415 694 162) लाई सम्पर्क गर्न सकिनेछ।
NIT परिवारले सबैलाई कार्यक्रममा सहभागी भई समुदायलाई अझ एकीकृत र सशक्त बनाउन आह्वान गरेको छ।

