गुञ्जनगर । चितवनबाट हङकङमा बस्ने नेपालीहरुको सहयोगमा सञ्चालित संस्था चितवन हङकङ सम्पर्क समाज सामाजिक कार्यमा क्रियाशिल वन्दै गएको छ ।
रोजगारिको शिलशिलामा विदेशमा रहेका नेपाली दाजुभाई दिदिवहिनीहरुले आपसी सदभाव र एकताका लागि संगठन वनाएर विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।
हङकङ समाजले पछिल्लो समय सक्रियता वढाउदै विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको सस्थाका सचिव बिष्णु ढकाल वताउछन।
स्थापनाकाल देखि नै संस्थाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको वताउदै उनले सस्थाले विध्यालयको शैक्षिक गुणस्तर र पुर्वाधार विकासका लागी राप्ति नगरपालीका वडा नं. ७ मा रहेको दिब्यज्योती आधारभुत विद्यालयलाइ रु १ लाख ५४ हजार ३०३ सहयोग गरेको सचिव ढकालले वताए।
चेपाङ्ग, तामाङ्ग र दलित समुदायका वालवालिका अध्ययन गर्ने सो विध्यालयलाइ अघिल्लो वर्षपनी सहयोग गरीयको र सहयो निरन्तर रहने सचिव ढकालले वताए।
राप्ति ७ कि वडाध्यक्ष सुमिता डल्लाकोटीको प्रमुख आतिथ्यमा र विव्यस अध्यक्ष ओमवाहादुर पुनको अध्यक्षतामा र विध्यालयकी प्रधानाध्यापक कल्पना पौडेलको उपस्थितिमा सहयोग हस्तान्तरण गरीएको हो।
समाजले यस अघी भरतपुर– २६ स्थित हिरापुरमा बाढी प्रभावित स्थानीयलाई राहत वितरण गरेको थियो ।प्रत्येक व्यक्ति करिव २५ हजार बराबर खाद्यान्न वितरण गरेको समाजका सचिव विष्णु ढकालले जानकारी दिए ।
समाजले स्थापना काल देखीनै विपन्न,दिर्घरोगी तथा प्राकृतिक प्रकोप पिडितहरूलाइ सहयो गर्दै विभिन्न् सामाजिक काममा सकृय रहेको सचिव ढकालको भनाइ छ ।
समाजले चितवन,गोरखा,धादिङ्ग,मकवानपुर लगायत जिल्लाहरूका विभिन्न् क्षेत्रहरूमा सहयोग पुर्याइरहेको वताउदै सचिव ढकालले कोरोना कहर देखी भुकम्प पिडितलाइ राहत समाग्री हस्तान्तरण देखी स्वास्थ क्षेत्रमा एम्वुलेन्स सेवा,विपन्न गरीवहरूको अवास निर्माण, शैक्षिक गुणस्तर र पुर्वाधार विकासका लागी विध्यालयलाइ सहयोग साथै मठ मन्दीरलाइ सहयोग र विभिन्न सस्थाहरूले गर्ने श्वास्थ शिविर तथा रक्तदान कार्यक्रमलाइ सहयोग गर्दै आयको सचिव ढकालले वताए।
समाजले गोरखा चिप्लेटीका भुकम्पपिडितलाइ ४ लाख बराबरको राहात सामाग्री,चितवनमा इच्छाकामनाको चन्दीभञ्ज्याङ्ग, दाहाखानीमा ४ लाख वरावरको घर निर्माण गरी हस्तान्तरण तथा जस्तापाता वितरण गरीएको, माडीको कल्याणपुर रेडक्रसलाइ एम्वुलेन्स हस्तान्तरण गरीएको तथा भरतपुर १८ मिलनचोक निवासी कवी काका नेपाली र गाँजिपुर निवासी सनम तामाङ्गको घर पुर्ननिर्माण गरी हस्तान्तरण गरीयको उनले वताए।
यस्तै भरतपुर १९ शारदानगर रेडक्रसलाइ एम्वुलेन्स हस्तान्तरण र शारदानगर श्वास्थ केन्द्रलाइ रू. ५ लाख बराबरको सिलिण्डर ग्यास हस्तान्तरण गरीयको र पुर्वी चितवनका धनवाहादुर गुरूङलाइ अध्ययनका लागी समाजले सहयोग गरेको साथै सस्था र नेपाल रेडक्रस सोसाइटी बेलुवा उपशाखाले सयुक्त रुपमा भरतपुर १७ शिवालय चोकका स्वर्गीय सोमबहादुर नेपालीका परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाडा सहयोग गरेको सचिव ढकालले वताए।
यस संस्था चितवनबाट हङकङमा बस्ने नेपालीहरुको सहयोगमा सञ्चालित संस्था हो । चितवन शारदानगर निवासी युवा समाजसेवी ओमराज गुरुङ हङकङमा अध्यक्ष छन् भने चितवनमा यस संस्थाको अध्यक्ष नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ रहेका छन् ।

