चितवन — भरतपुर महानगरपालिकामा गएराति भएको सवारी दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोकस्थित रमाइलो चोकबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराति करिब १:३० बजे अनियन्त्रित भएर सडक किनारको रुखमा ठोक्किएको थियो।
दुर्घटनामा कारमा सवार भरतपुर–२ आँपटारीका डा. बिप्लब भट्ट गम्भीर घाइते भएका थिए। उनलाई तत्काल पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो तर राति २:०५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटनाका कारण र परिस्थितिहरूबारे थप खुलासा हुन बाँकी रहेको छ।