काठमाडौं — वर्षा र समृद्धिका देवता देवराज इन्द्रको पूजा–अर्चनासहित आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा इन्द्रजात्रा पर्व परम्परागत रूपमा उल्लासपूर्वक मनाइँदैछ। भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्वको अवसरमा हनुमानढोकास्थित गद्दी बैठकबाट जीवित देवी गणेश, भैरव र कुमारीको रथयात्रा परम्परागत रूपमा अवलोकन गर्ने चलन छ।
इन्द्रजात्राको मुख्य आकर्षण हनुमानढोकामा धार्मिक विधिपूर्वक ठड्याइने ३३ फिटे इन्द्रध्वज लिङ्गो हो, जसलाई स्थापना गरेपछि राजधानीका विभिन्न स्थानमा भक्कु नाच, महाकालीनाच, लाखेनाच, दशावतार नाच, पुलुकिसी नाच, रथयात्रा तथा देवी–देवताका पूजा–आराधना गरिन्छ।
पर्व प्रारम्भको लागि तान्त्रिक विधिअनुसार भक्तपुरको चितपोल जङ्गलबाट काठ ल्याई लिङ्गो तयार गरिन्छ। उक्त लिङ्गो ठड्याइएपछि आठ दिनसम्म उपत्यकामा विविध नाच, जात्रा र रथयात्रा गर्दै इन्द्रजात्रा सम्पन्न गरिन्छ।
विजयका प्रतीकका रूपमा मनाइने यो पर्वका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिइएको छ।
यस विशेष पर्वका अवसरमा राजधानीको टुँडिखेल र अन्य थलोमा जनसमुदायको विशेष उपस्थिति देखिन्छ।
इन्द्रजात्रा पर्व आज राजधानीसहित उपत्यकामा भव्यताका साथ मनाइँदै
इन्द्रजात्रा पर्व आज राजधानीसहित उपत्यकामा भव्यताका साथ मनाइँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

