प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका सबै २० जीवित बन्धक दुई वर्षपछि आज रिहा भएका छन्। युद्धविराम सम्झौता भएपछि इजरायली सेनाले गाजा क्षेत्रमा रहेका सबै २० जना जीवित बन्धकलाई इजरायली अधिकारीलाई हस्तान्तरण गरेको पुष्टि गरेको छ। मुक्त गरिएका बन्धकहरू २०२३ अक्टोबर ७ मा दक्षिण इजरायलबाट हमासद्वारा अपहरण गरिएका थिए। युद्धपछि पहिलोपटक यो ठूलो संख्यामा बन्धक फिर्ता भएकाले इजरायलका नागरिक तथा विश्वभरका मानवअधिकारकर्मी र सम्बन्धित देशहरूमा खुसी छाएको छ।
युद्धविराम सम्झौतासँगै इजरायल सरकारले २५० प्यालेस्टिनी कैदी तथा १,७०० भन्दा बढी बन्दीहरूलाई मुक्त गर्ने जानकारी दिएको छ। यसले क्षेत्रीय शान्ति प्रक्रियामा महत्वपूर्ण चहलपहल थपेको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बन्धक रिहा भएको दिन इजरायल पुगेका छन्। उनले मुक्त बन्धकका परिवारसँग भेट गर्नुका साथै इजरायली संसदलाई सम्बोधन गरेका छन्। ट्रम्पले हालैको संयम र वार्ता प्रक्रियामा सहकार्यको प्रसंसा गरेका छन्।
तर, हमासकै कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे भने अझै अनिश्चितता छ। इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार विपिन जीवित रहेको पुष्टि हुने कुनै प्रमाण फेला परेको छैन। विपिनको परिवार, आफन्त र सम्पूर्ण नेपाली समाज अझै पनि उनको सुरक्षाबारे प्रतीक्षामा छन्।
रिहाइ कार्यक्रम सम्पन्न भएसँगै राष्ट्रपति ट्रम्प इजिप्ट प्रस्थान गर्दै छन् जहाँ उनले हमास–इजरायल शान्ति सम्झौतासम्बन्धी २० देशका प्रतिनिधिसँग छलफल गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
हमासद्वारा दुई वर्षपछि सबै जीवित बन्धकको रिहाइ, विपिन जोशीबारे अझै अनिश्चितता
हमासद्वारा दुई वर्षपछि सबै जीवित बन्धकको रिहाइ, विपिन जोशीबारे अझै अनिश्चितता

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु