नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा खेलको रोमांच बढ्दै गएको छ। आइतबार कुनै पनि खेल नहुने भए पनि सोमबार दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
हालसम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले चार–चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छन्। काठमाडौंले तीन खेलबाट दुई अंक मात्रै जोड्न सफल भएको छ। लुम्बिनी, चितवन र कर्णालीले दुई–दुई र जनकपुर तथा पोखराले अझै अंक खोल्न सकेका छैनन्। जनकपुरले एउटा मात्र खेल खेलेको छ भने पोखराले दुई खेल गुमाएको छ।
एनपीएलमा आठ टोली सहभागी छन्: काठमाडौं गोर्खाज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, चितवन राइनोज, र पोखरा एभेन्जर्स। यस संस्करण पूर्व क्रिकेटर, अन्तर्राष्ट्रिय खेलाडी, तथा युवा प्रतिभाले सहभागिता जनाएका छन्।
प्रतियोगिता काठमाडौको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। यो लिगमा टिमले आफ्नो स्थान सुरक्षित गर्न र प्ले-अफमा पुग्नका लागि हरेक खेल निर्णायक बन्ने अपेक्षा गरिएको छ।
एनपीएलमा प्रतिस्पर्धा चर्किंदै, सोमबार दुई चर्चित खेल हुँदै
एनपीएलमा प्रतिस्पर्धा चर्किंदै, सोमबार दुई चर्चित खेल हुँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

