२६ चैत, काठमाडौं । राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ । राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने योजना छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।
प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ ।
त्यसैले संसद्मा प्रतिनिधित्व गर्ने दलहरू मध्ये अन्य ठूला दललाई रास्वपाले समर्थन नगर्ने संकेत देखाएपछि राप्रपाका नेताहरूले रास्वपासँग संवाद गरिरहेका थिए ।
यसअघि रास्वपा सभापति रवि लामिछाने र रास्वपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच कुराकानी समेत भएको थियो । ‘आज पनि कुरा भएको छ. रास्वपाले समर्थन गर्ने संकेत दिएको छ’ राप्रपाका एक शीर्ष नेताले भने,’हामी पार्टीमा अब छलफल गरेर टुंगो लगाउँछौं ।’

