काठमाडौं, असोज ५-
सरकार विद्युत् सेवामा लागू गरेको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिने निर्णयमा पुगेको छ । विद्युत् खपतलाई प्रोत्साहन गर्ने बेला सल्लाह नगरी विद्युतमा भ्याट लगाएको भन्दै सुरुदेखि असन्तुष्टि जनाउँदै आएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अडानले प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र अर्थमन्त्री डा स्वर्णिम वाग्ले निर्णयमा पुनर्विचार गर्न तयार भएका हुन् ।
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेले अर्थमन्त्री वाग्लेलाई भ्याट फिर्ता लिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान निर्देशन नै दिएका छन् । चालू आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत् सेवामा अन्तिम उपभोक्तालाई विद्युत् सेवा बिक्री गर्दा ५ प्रतिशत र अन्य उपभोक्ताको हकमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेपछि मन्त्री श्रेष्ठले मन्त्रिपरिषद्मै असन्तुष्टि जनाएका थिए । उनले प्रधानमन्त्री शाह, पार्टी सभापति लामिछाने र अर्थमन्त्री वाग्लेलाई अहिले बिजुलीमा भ्याट लगाउनु उपयुक्त नहुने भन्दै पुनर्विचार गर्न पटक पटक ध्यानाकर्षण गराएका थिए । बिजुलीमा भ्याट लगाउने निर्णयको जनस्तरबाट समेत आलोचना भएको थियो । मन्त्री श्रेष्ठको निरन्तरको ध्यानाकर्षणपछि सरकार दुई महिनामा विद्युत् सेवामा भ्याटलाई पुनरावलोकन गरी हटाउने निष्कर्षमा पुगेको हो ।
बिजुलीमा लगाइएको भ्याट फिर्ता गर्ने तयारीमा सरकार
बिजुलीमा लगाइएको भ्याट फिर्ता गर्ने तयारीमा सरकार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

