अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्यामप्रसाद भण्डारीले पाएका छन्। मंगलबारदेखि लागू हुने गरी भण्डारीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको आयोगले जनाएको छ।
यसअघि आयोगको प्रवक्तामा नारायण प्रसाद रिसाल थिए। उनको सरुवा भएपछि सहायक प्रवक्ता वेदप्रसाद भण्डारी आयोगका तर्फबाट विज्ञप्ति जारी गर्दै आएका थिए।

