रुसले युक्रेनमा आक्रमण गरेपश्चात विश्वमा तेलको मूल्यमा भएको वृद्धिको असर बेलायतका पेट्रोल पम्पहरुमा देखिएको छ। ‘बेलायतमा आइतबार पेट्रोलको औसत मूल्य प्रतिलिटर १.५१ युरो पुगेको छ,’ सम्बद्ध निकायले भनेको छ।
यस्तै डिजेलको मूल्य पनि प्रतिलिटर १.५५ युरो पुगेको छ। यो अहिलेसम्मकै पेट्रोलियमको उच्च मूल्य हो। रूस कच्चा तेलको दोस्रो ठूलो निर्यातकर्ता हो। बेलायतको आयातको ६% रुसबाट आउँछ।
यससँगै रुसमा लगाइएका विभिन्न प्रतिबन्धहरूले गर्दा विश्वव्यापी रुपमा मूल्यहरू बढ्न सक्ने चिन्ता थपिएका छन्।

