फाल्गुन २१ , भरतपुर | लामो समय पछि हिजो भएको चितवन काङ्ग्रेसको जिल्ला अधिवेशन अन्तर्गत सभापती चुनाबमा ५ जना प्रतिष्पर्ध को भिडन्त भएको थियो तर पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत मत कुनैपनि उम्मेद्वारको नपुगेपछि आज (शनिवार) दोस्रो चरणको मतदान हुने भएको हो । पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठविच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।
आज हुने सभापति चुनाबमा भने हिजो सर्बाधिक मत ल्याउने उमेद्वारको पल्लाभारी देखिएको छ | संस्थापन इतर तर्फबाटका उम्मेद्वारहरु प्रा डा सुर्यकान्त घिमिरे र उत्तम जोशीकाे स्पष्ट समर्थन देखिएपछी खनालको पल्ला भारि देखिएको हो ।
दोश्रो चरणको चुनाब आज दिउँसो साढे १२ बजेबाट मतदान सूरु हुने भनिएको भएपनि अझै सुरु हुन सकेको छैन ।
दोस्रो चरणको मतदान पनि नारायणनी कला मन्दिरमै हुने कांग्रेसको जिल्ला निर्वाचन समितिले जनाएको छ । पहिलो चरणको मतदानमा दुई हजार ९४५ मतदातामध्ये दुई हजार ८२० मत खसेको थियो ।
यसै बीच आज बिहान पत्रकार सममेल गर्दै प्रत्याशी खनालले आजको दोश्रो चरणमा हुने निर्वाचनमा आफुलाई समर्थन गर्नुहुने सबैलाई धन्यबाद दिंदै , बहाल वाला मंत्री रहेका अर्का प्रत्याशी मिलन बाबुले पनि आफुलाई समर्थन गर्ने आश ब्यक्त गरे !

