चितवन । नेपाल वायुसेवा सञ्चालक सङ्घले आइतबारबाट लागूहुनेगरी सबै आन्तरिक गन्तव्यका लागि हवाई भाडा वृद्धि गरेको छ । आन्तरिक हवाई उडानको भाडादर वृद्धि भएसँगै आइतबारदेखि भरतपुर– काठमाडौं, भरतपुर–भैरहवा र भरतपुर–पोखराको हवाई भाडा वृद्धि भएको हो ।
संघले बढाएको नयाँ भाडादर अनुसार सबैभन्दा बढी भरतपुर–भैरहवाको भाडा १३० रुपैयाँले बढेको छ । त्यस्तै भरतपुर–काठमाडौंका लागि १०५ रुपैयाँ वृद्धि हुँदा भरतपुर–पोखराको ११५ रुपैयाँले बढेको छ ।
काठमाडौं– भरतपुरका लागि दुई वटा एयरलाइन्स कम्पनीले उडान भर्दै आएका छन् । यसअघि गत माघ २१ गते मात्रै संघले आन्तरिक हवाई उडानको भाडा वृद्धि गरेको थियो ।

