चनौली , फाल्गुन २३ | नेपाल बिद्युत प्राधिकरणको चनौली वितरण केन्द्र बाट वितरित मेघौली फिडरमा युवा स्कुल देखि ज्योति नगरको मोड सम्म ११ के भी लाइनको पोल तथा तार अपग्रेड गर्ने कार्य गर्नुपर्ने भएको हुँदा भोलि २४ गते बिहान ९ बजे देखि साँझ सम्म भरतपुर महानगरपालिका को ज्योतिनगर, खत्रौली, पर्साढाप, खयर घारी , धर्मपुर बयर घारी , तेलौली र जितपुर गोलाघाट आसपासको क्षेत्रमा बिद्युत लाइन अबरुद्द हुने जानकारी वितरण शाखाले दिएको छ |


