चितवन – चितवनका उर्जाशील युवाहरुको समूहले २०७४ मा स्थापना गरेको स्माइल नेपाल नामक संस्था ले आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ |
‘समाज परिवर्तनका लागि युवा अभियान’ भन्ने नाराका साथ स्थापना भएको संस्थाले सोमबार एक कार्यक्रमकाबीच चौथो वार्षिकोत्सव मनाएको हो ।
सस्थाका उपाध्यक्ष श्री अमृत काफ्लेले यस सस्थांले हाल समाजमा विभिन्न क्षेत्रमा सामाजिक क्रियाकाप गर्दै आइरहेको र अझै पनि यस्ता सामाजिक कार्यहरुमा अग्रसर रहने जानकारी दिनु भयो | युवाहरुलाई समाजप्रतिको अपनत्व ग्रहण गराएर सामाजिक कार्यप्रति प्रेरित गराउनु पनि संस्थाको मुख्य लक्ष्य रहेको काफ्ले ले बताउनु भयो |