भरतपुर । नेपाली कांग्रेस चितवनकोे १४औँ जिल्ला अधिवेशनअन्तर्गत भूगोलतर्फको मतपरिणाम सार्वजनिक भएको छ । चितवनको सात पालिकामा भरतपुर महानगरमा प्रत्यक्ष खुल्लातर्फ चार पदमा १७ जनाको प्रतिस्पर्धा भएको थियो । कुल ९५६३ मत खसेकोमा ३ मत बदर भएको थियो । निर्वाचित हुनेहरुमा अनमोल अधिकारी (१०९०), चेवनकुमार श्रेष्ठ (७३९), डा. बासुदेव पाण्डे (६८६) र अनुप कोइराला (६२२) रहेका छन् ।

यस्तै, भरतपुर महानगरअन्तर्गत प्रत्यक्ष महिलातर्फ तीन पदमा १० जनाको उमेदवारी परेको थियो । कुल ७०६० मत खसेकोमा कमला दवाडी अधिकारी (९३३), शारदा पौडेल (७४२) र पवित्रा केसी (६९३) निर्वाचित भएका छन् ।

यसैगरी, राप्ती नगरपालिकाअन्तर्गत प्रत्यक्ष खुलातर्फ दुई पदमा चार जनाको उमेदवारी परेको थियो । जसमा शिवराज उप्रेती (१२०५) र तेजबहादुर तामाङ (१२०४) निर्वाचित भएका छन् । यस्तै, राप्ती नगरपालिका महिलातर्फ एक पदमा दुई जनाको उमेदवारी परेकोमा विजया आचार्य देवकोटा (१२३८) मतसहित विजयी भएकी छन् । उनको प्रतिस्पर्धी टेककुमारी चालिसेले १२२३ मत पाएकी थिइन् ।

यसैगरी, खैरहनी नगरपालिकाअन्तर्गत प्रत्यक्ष खुलातर्फ दुई पदमा चार जनाको उमेदवारी परेकोमा देवीप्रसाद न्यौपाने (१३२७) र हरिप्रसाद सापकोटा (१२०५) निर्वाचित भए । यस्तै, खैरहनी नगरपालिका महिलातर्फ एक पदमा दुई जनाको उमेदवारी परेकोमा शोभा पाठक १४०६ मतसहित विजयी भइन् । उनको प्रतिस्पर्धी मोदकुमारी भण्डारी (शारदा)ले ८५८ मत प्राप्त गरिन् ।

यसैगरी, कालिका नगरपालिकाअन्तर्गत प्रत्यक्ष खुलातर्फ चार जनाको उमेदवारी परेकोमा कृष्णबहादुर घिमिरे (१२४८) र दुर्गाबहादुर गुरुङ (१२२३) मतसहित विजयी भएकी छन् । यस्तै, कालिका नगरपालिका महिलातर्फ दुई जनाको उमेदवारी परेकोमा ज्ञानुमाया गोले (१२६७) मतसहित निर्वाचित भइन् भने उनको प्रतिस्पर्धी नारायणी रिजालले ११६७ मत प्राप्त गरेकी छन् ।

यसैगरी, रत्ननगर नगरपालिकाअन्तर्गत प्रत्यक्षतर्फ दुई पदमा सात जनाको उमेदवारी परेकोमा तेजेन्द्र कुँवर (१०१४) र अजय महत (सोनम) ७८७ मतसहित निर्वाचित भए । यस्तै, रत्ननगर नगरपालिका महिलातर्फ एक पदमा दुई जनाको उमेदवारी परेकोमा सीता रिजाल (१४२२) मत सहित विजयी भइन् भने उनको प्रतिस्पर्धी सीतु अधिकारीले १०२८ मत प्राप्त गरेकी छन् ।

यसैगरी, माडी नगरपालिकाअन्तर्गत प्रत्यक्ष खुलातर्फ दुई पदमा चार जनाको उमेदवार िपरेकोमा शालिकराम पौडेल (१३३८) र भीष्म अधिकारी (१२४५) विजयी भएका छन् ।

यसैगरी, इच्छाकामना गाउँपालिकाअन्तर्गत प्रत्यक्ष खुलातर्फ दुई जनाको उमेदवारी परेकोमा माधवप्रसाद घिमिरे (१३३९) निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी मोदराज सिलवालले ११०७ मत प्राप्त गरेका थिए । यस्तै, इच्छाकामना गाउँपालिका प्रत्यक्ष महिलातर्फ दुई जनाको उमेदवारी परेकोमा सावित्री पुडासैनी खनाल (१४२२) मतसहित विजयी भएकी छन् । उनको प्रतिस्पर्धी मिश्रीमाया परियारले १०८६ मत प्राप्त गरेकी छन् ।


