नेपाल रेडक्रस उपशाखा दिब्यनगर र भरतपुर महानगरपालीका २६ को संयुत्त आयोजनमा बिहिबार बाट तीन दिने प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम संचालन भएको छ ।
भरतपुर महानगरपालीका २६ का वडा अध्यक्ष ज्ञानप्रसाद खनालको प्रमुख अतिथ्यतामा सुरु भएको कार्यक्रममा सामाजीक व्यक्तीत्व जिबाखर ढकाल स्वागत मन्तब्य राख्नु चएको थियो । भरतपुर महानगरपालिका वडा नं २६ मा सञ्चालित सम्पुर्ण विद्यालय बाट शिक्षक प्रतिनिधि , टोल सुधार समिति , प्रहरि तीन दिन सम्म सञ्चालन गर्ने सो कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक रुपमा , कृतिमा घटनाको अभ्यास गराएर , प्रदर्शन देखाएर, प्रश्नउत्र गराएर प्रशिक्षण गराईने प्रशिक्षक महेश्वर खनालले बताउनु भयो ।
भरतपुर २६को रेडक्रस भवनमा सन्चालन भएको कार्यक्रमलाइ संयोजक अम्बिका प्रसाद घिमिरे रहनु भएको छ ।प्रशिक्षक शारदा शर्मा पौडेल, रुद्र अधिकारी ,नवीनराज तिवारीले ३६ जना प्रशिक्षार्थीहरुलाइ प्रशिक्षण गराउनु हुने छ ।