चनौली , चैत्र ५ । फागु पर्व तथा होलीको बिशेष अवसर पारेर भरतपुर महानगरपालिका वडा नं–२०, नयाँबजारमा होली विशेष खेलकुद कार्यक्रमको आयोजना गरिएको छ ।
नयाँबजार व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा म्युजिकल चियर, घैँटो फुटाउने, आल्मोनियम पाइपमा चढ्ने, डोरी तान्ने र बच्चाहरुले चम्चामा गुच्चा राखेर खेल्नेलगायतका खेल खेलाइएको थियो ।
विजयी टिमलाई कार्यक्रमकी प्रमुखअतिथि नेपाल पत्रकार महासंघकी सचिव सृजना अर्याल, समाजसेवी विष्णु ढकाललगायतले पुरस्कार वितरण गरेका थिए । अध्यक्ष दलबहादुर भुजेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

