चितवन , चैत्र १३ – नेपाली लोक दोहोरी क्षेत्रमा लामो समय देखि आफ्ना मिठा मिठा सिर्जनाहरुलाई आफ्ना दर्शक तथा स्रोतालाई पस्कदै आएका सर्जक, गायक तथा मोडल प्रसाद लामीछानेले सर्बोत्कृष्ट लय बाट तेस्रो ज्योति फिल्म्स अवार्ड २०७८ हात पारेका छन् |
चलचित्र निर्माता निर्देशक तुलसी घिमिरे तथा नायक रमेश उप्रेतीको हात बाट उनले उक्त अवार्ड थापेका हुन् | केहि महिना अगाडी प्रसाद लामिछाने को आफ्नै युट्युब च्यानल मार्फत बजारमा आएको म्युजिक भिडियो पानि छल्काले नाम गीत को लय ले सर्बोत्कृष्ट लयको अवार्ड पाएको हो | उक्त गीतमा समिक्षा अधिकारि र प्रसाद लामिछानेको आवाज र लामिछानेकै लय रहेको थियो |