इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा दिल्ली क्यापिटल्सलले मुम्बई इण्डियन्सलाई हराएको छ। ब्राबोर्न स्टेडियममा सम्पन्न खेलमा दिल्लीले मुम्बईमाथि ४ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १८.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
सुरुवाती ब्याटिङमा गरेको मुम्बईका लागि ओपनर इशान किशनले सर्वाधिक अविजित ८१ रन बनाउँदा कप्तान रोहित शर्माले ४१ रन बनाए। त्यस्तै तिलक वर्माले २२ र टिम डेविडले १२ रन बनाए।
बलिङतर्फ दिल्लीका कुलदीप यादवले ३ विकेट लिँदा खलिल अहमेदले २ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि ओपनर पृथ्बी शले ३८ र टिम सेइफर्टले २१ रन बनाउँदै सुखद सुरुवात गरे। त्यस्तै ललित यादवले अविजित ४८ रन बनाउँदा सार्दुल ठाकुरले २२ तथा आक्रामक ब्याटिङ गरेका अक्षर पटेलले १७ बलमा ३ छक्का र २ चौकाको सहायतामा अविजित ३८ रन जोडे।
बलिङतर्फ बसिल थम्पीले सर्वाधिक ३ विकेट लिँदा मुर्गन अश्विनले २ तथा टाइमल मिल्सेल १ विकेट लिए।