पूर्वी चितवनको राप्ति नगरपालिकाबाट ९१ केजी गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार विशेष सुचनाको आधारमा सोमबार राति ११ बजे नगरपालिकाको गाल्दक निवासी सानुभाई चेपाङ्गको घर खानतलासी गरि ४ बोरा गाँजा बरामद गरेको हो।

४ बोरा गाँजा बरामद गरिएको र उक्त घरधनि सानुभाई चेपाङ्ग फरार रहेको र खोजि कार्य तिब्र पारिएको पनि जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

