डी आर पराजुली , चितवन || भृकुटी मण्डपमा चैत १६ अर्थात् आज बाट राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ। कोरोनाको कारण सुस्ताएको नेपाली लोक दोहोरी संगीत
क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले आज बुधबारदेखि राजधानीमा छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८ शुरु हुने भएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गर्ने प्रतियोगिता राजधानीको भृकुटीमण्डप बगैंचामा हुनेछ। कार्यक्रमबारे जानकारी दिने उद्देश्यले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले प्रतियोगितामा मुलुकका विभिन्न जिल्लाका करिब ७० टोलीले सहभागिता जनाउने जानकारी गराए। आगामी आइतबारसम्म चल्ने प्रतियोगितामा विजयी हुने टोलीले लोक दोहोरीतर्फको राष्ट्रिय रनिङ शिल्ड संगै पदक, नगद साढे दुई लाख रुपिया“ र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, द्वितीय हुने टोलीले ट्रफी, पदक
र एक लाख ५० हजार रुपिया“, तृतीय हुनेले नगद एक लाख रुपिया“सहित ट्रफी, पदक र प्रमाणपत्र तथा सान्त्वना हुनेले ५० हजार रुपिया“सहित ट्रफी, पदक, प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा उत्कृष्ट हुने दुई गायक र दुई गायिकालाई जनही १० हजार रुपिया“सहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिनेछ।
उत्कृष्ट भेषभूषा र अनुशासन टोलीले पनि १० हजार रुपिया“ र प्रमाणपत्र प्राप्त गर्नेछन्। आज बुधबार पहिलो दिन दिउ“सो १ बजे प्रतियोगिताको आरम्भ हुनेछ भने शुभारम्भलगत्तै प्रतिस्पर्धा शुरु हुनेछ। बा“की तीन दिन बिहान नौ बजेदेखि बेलुका ७ बजेसम्म स्पर्धा चल्नेछ।
प्रतियोगितामा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुन जिल्ला जिल्लाबाट आएका लोकदोहोरी टोलीलाई राजधानीमा बस्ने व्यवस्था मिलाएको अध्यक्ष बिजीले जानकारी गराए।
‘प्रतियोगितामा आधाजसो टोली काठमाडौंकै भए पनि आधा टोली बाहिरबाट आउनुभएका छ। उहाँहरुलाई भोजन तथा बासको लागि व्यवस्था मिलाएका छौं ‘ बिजील भने ।उनले प्रतियोगितालाई भव्य र सभ्य बनाउर्न उच्छङखल तथा अश्लिल अर्थ लाग्ने शब्द प्रयोग गर्न रोक लगाइएको जनाउदै भने दोहोरी साह्रै फोहोरी भयो भन्ने सर्बत्र टिप्पणी आउन थालेकाले दोहोरी सभ्य पनि हुन्छ भनेर यसपटक हामी यो प्रतियोगितामा सभ्य शब्द प्रस्तुत गर्न लगाउने छौ।’ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष तथा संरक्षक गायक चन्द्र शर्माको संयोजकत्वमा रहेको निर्णायक टोलीले प्रतियोगीको गीत सुनेर निर्णय गर्नेछ। कार्यक्रममा संगीतकार तथा लोक दोहोरी गायक नारायण रायमाझी, पूर्व अध्यक्ष दुर्गा रायमाझी, चन्द्र शर्मा, पत्रकार ऋषि धमलालगायतले दोहोरी र प्रतियोगिताबारे चर्चा गरेका थिए।