चनौली,१८ चैत्र | नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले दिएको जानकारी अनुसार भोलि चैत्र १८ गते मेघौली फिडर अन्तरगतका केहि मुख्य ठाउँमा लगभग दिनभर जसो लाइन अवरुद्द हुने बताइएको छ ।
केन्द्रले दिएको जानकारी अनुसार यस वितरण केन्द्र बाट वितरित मेघौली फिडर अन्तर्गतको मिलन चोक ज्योतिनगर क्षेत्रमा ११ केभी लाइन अपग्रेड गर्ने कार्य गर्नुपर्ने भएको हुँदा बिहान ६ बजे देखि दिउँसो १ बजे सम्म यस क्षेत्रका ज्योतिनगर, खद्रौली, पर्साढाप, खयरघारी , तेलौली, जितपुर,गेलाघाट र शोसी आसपासका स्थानहरुमा विद्युत लाइन अवरुद्द हुने छ
निर्धारित समय अगावै काम सम्पन्न भएमाा सो समय अगावै लाइन सुचारु हुने चनौली वितरण केन्द्रले जानकारी दिएको छ । यस बाट पर्न जाने असुविधा प्रति चनौली वितरण केन्द्रले क्षमा समेत मागेको छ ।

