विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलिले मिति २०७७।०९।२० गते अन्दाजि ०४:२७ बजेको समयमा काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा कपिलबस्तुबाट काठमाण्डौतर्फ आउदै गरेको प्रदेश ३ -०१ ०२३ च २२५९ नम्वरको हुन्डाई सिल्भर रंगको कारलाई चेक जाँच गर्ने क्रममा श्रोत नखुलेको रू १ करोड ४७ लाख ८६ हजार फेला परेकोले उक्त कारमा सवार भारत गोरखपुर घण्टाघर घर बताउने बर्ष ३० को अमित कुमार गुप्ता नाम बताउने व्यक्ति र कपिलबस्तु जिल्ला बाँडगंगा नगरपालिका ४ बस्ने बर्ष २२ को संगम थारुलाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्य संगम थारू कार चालक हुन् । बरामद रकम मध्य कारको डिक्किमा स्पेयर टायरमुनि लगायत कारको बिभिन्न भागमा लुकाईछिपाई ३ वटा झोलामा ल्याएको अवस्थामा रू १ करोड ४७ लाख रूपैया बरामद भएको हो भने अमित कुमार गुप्ताको साथबाट रू ८६ हजार रूपैया बरामद भएको हो ।उक्त रकम भारतबाट नेपालमा भारतीय रूपैया ल्याई सीमा क्षेत्रमा पटक पटक गरी सटही गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धि थप अनुसन्धानको लागि उक्त सवारी साधन, बरामद गरीएको रकम सहित पक्राउमा परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि सम्पत्ति शुद्दिकरण बिभाग पठाईएको छ ।
नागढुंगा चेकप्वाईन्टबाट मिति २०७७।७।२१ गते अं. ०५:०० बजेको समयमा श्रोत नखुलेको रकम रू ४० लाख सहित लु१ख ८६५२ नं को यात्रुबाहक बसका यात्रु पच्छिम नवलपरासी पाल्हिनन्दन गा.पा वडा नं २ घर हुने वर्ष ४० को ब्यास गुप्तालाई पक्राउ गरी थप अनुसन्धान तथा कार्वाहीको लागि सम्पत्ति शुद्दिकरण विभाग, हरिहरभवनमा पठाईएको थियो ।