नेपाली कांग्रेसका नेता लक्ष्मीकान्त दवाडीले सहमति र सहकार्यको राजनीति पार्टीभित्र स्थापित गर्न आवश्यक रहेको बताएका छन्। चित्रवन खबर संग कुरा गर्दै दवाडीले संगठनको सबलीकरण एवम् मजबुतीकरणको बलियो आधार भनेको प्रारम्भिक रुपमा गरिने सर्वसम्मत नेतृत्व चयन हो।
भरतपुर-२० चितवनको वडाध्यक्षका रुपमा नेपाली कांग्रेसले नेतृत्व चयन गर्दा सबै क्रियाशील साथीहरुलाई समेटी व्यापक रुपमा छलफल गरि लामो समय पार्टीमा क्रियाशील रहेको साथै संगठन निर्माणमा योगदान गरेको व्यक्तिलाई निक्स्पक्ष रुपमा अघि सार्नुपर्ने बताएका छ।
भरतपुर वडा न २० को नेतृत्व छनौट गर्दा सर्वसम्मत रुपमा साथीहरुले सहयोग गर्नुभएमा आफु पनि नेतृत्व लिन तयार रहेको उनले बताए। साथै सर्वसम्मत रुपमा वडाध्यक्षका रुपमा नेपाली कांग्रेसले उम्मेद्वार चयन गरेको खण्डमा सबैलाई समेटेर सामाजिक कार्यमा अझ बढि क्रियाशील भएर लाग्ने बताए। राजनीति पूर्ण रुपमा समाजसेवा हो। जनताको विचमा रहेर सुख दुखको सहयात्री बनेर हिड्ने प्रण गर्न सक्नुपर्दछ उनले भने।
यदि पार्टी भित्र सर्वसम्मत नेतृत्व चयन हुने अवस्था नभएमा उम्मेद्वार साथीहरुलाई शुभकामना दिदै नेपाली कांग्रेसलाई भारी मतले विजयी गराउनका लागि पूर्ण रुपमा क्रियाशील रही अहोरात्र खट्ने उनले बताएका छन्।
दवाडी नेपाली कांग्रेस पार्टीमा विगत ४० बर्ष देखि क्रियाशील छन्। उनि नेपाली कांग्रेस चितवनको पुर्व जिल्ला सचिव, हाल भरतपुर वडा न – २० बाट क्षेत्रीय प्रतिनिधि साथै नेपाल सरकारको निर्णयानुसार गठित भुमि आयोग चितवनको सदस्यको रुपमा कार्यरत छन्।

