-विनोद अधिकारी दद्राहनी,चैत २०- राज्यले शिक्षा क्षेत्रमा बर्सेनि लगानी बढाएको दावी गर्छ । विशेषगरी सामुदायिक विद्यालयलाई लक्षीत गरी करोडौं रकम खर्च गरेपनि त्यस अनुसारको परिणाम आउन सकेको छैन । अधिकांश विद्यालयमा विद्यार्थी हुने तर शिक्षक नहुने समस्या छ । तर, कतिपय विद्यालयमा भने शिक्षक भए पनि विद्यार्थी सङ्ख्या नगन्य नै हुन्छ । जसको उदाहरणको रुपमा पश्चिम चितवनको भरतपुर महानगरपालिका २० स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय दद्राहनीलाइ लिन सकिन्छ ।
सो विद्यालयमा विद्यार्थी र शिक्षकको सङ्ख्या झन्डै बराबरी नै छ । विद्यालयमा प्रधानध्यापक, शिक्षक, शिक्षिका गरि जम्मा ५ जना शिक्षकहरु कार्यरत रहेका छन् । तर विद्यार्थी पढ्न नआएपछि उनीहरू विद्यालयमा हाजिरी मात्र गरेर फर्कछन् । बाल शिक्षा देखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा जम्मा ७ जना विद्यार्थी रहेको तथ्यांक प्राप्त भएता पनि विद्यालय संचालनको समयमा अनुगमन गर्न जादा मात्रै एकजना महिला शिक्षिका भेट्न सकियो । विद्यार्थी भने एकजना पनि भेट्न सकिएन ! विद्यालयमा प्रधानध्यापक नै नभएपछि मोबाइलबाट हामीले सम्पर्क गर्दा विद्यालयका प्रधानध्यापक विजय भण्डारीले आफू यस विषयमा अनविज्ञ भएको र आफुलाइ यस विषयमा कुनै पनि प्रश्न नसोध्नु भन्दै सम्पर्क विच्छेद भए । विगत लामो समयदेखि राजनीतिकको अखण्डका रुपमा विद्यालय रहेकाले पठनपाठन प्रभावित हुने हुदा विद्यार्थीको उपस्थिति नभएको स्थानीयबासीहरुको दाबी छ ।
शिक्षा जस्तो संवेदनशील क्षेत्रमा यस्तो मनोमानी चलिरहेछ । सरकारले हाजिरी गरेकै भरमा शिक्षक पालिरहेछ । प्रधानध्यापक जस्तो व्यक्ति नै यस विषयमा बेखबर हुनु , विद्यालयमा अनुपस्थित हुनु र कति सम्म मनोमानी र कर्तव्यबोध नभएको हामी बुझ्न सक्छौ। गाउँ भन्दा अलिपर आधारभूत विद्यालय रातापुर भएको र त्यहाको पठनपाठन पनि उत्कृष्ट भएको स्थानीयबासी बताउन्छन् । सरकारले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा अनुगम गर्न जरुरि छ। यो एउटा उदाहरण हो । सरकारको नजर पुर्व पश्चिम पुग्न जरुरि देखिन्छ ।