• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, असार २१, २०७९
मङ्गलबार, असार २१, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी
  • १० घण्टा 

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
  • १० घण्टा 

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने
  • ११ घण्टा 

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)
  • १२ घण्टा 

बालाजुमा माेटरसाइकल दुर्घटना हुँदा माेटरचालककाे मृत्यु
  • १३ घण्टा 

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ
  • १५ घण्टा 

रामेछापबाट काठमाडौँ आउंदै गरेको बस दुर्घटना, ९ को मृत्यु
  • १५ घण्टा 

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
  • १९ घण्टा 

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ३. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ६. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ७. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • ८. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ९. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • १०. दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी

भरतपुरमा माओवादीले काँग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुन्छः सभापति खनाल

  •   ३ महिना अघि

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले महानगरको प्रमुखमा काँग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने बताउनुभएको छ । गत स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गरेको भन्दै उहाँले यसपटक काँग्रेसलाई नेतृत्वमा सहयोग गर्न आग्रह गर्नुभयो । सभापति खनालले समूह भित्रबाट निर्देशन गरेर कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो नभएको भन्दै त्यसबारेमा एकपटक सोच्न पनि पार्टीका नेताहरुलाई आग्रह गर्नुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले कार्यकर्ताहरुलाई केन्द्रबाट निर्देशित गर्न सकिने भएपनि हात समाएर मत खसाल्न नसकिने भन्दै यसले निर्वाचनको नतिजा सोचेको भन्दा फरक आउन सक्ने बताउनु भयो । उहाँले कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली काँग्रेस पार्टी नै धराशायी बन्ने बताउनु भयो ।

सभापति खनालले भन्नुभयो, ‘आकाश खस्यो भने के हुन्छ म भन्न सक्दिन । टिकट लिने र समूह भित्रबाट निर्देशन गरेर त्यसले कार्यकर्तालाई समात्ने कुरा राम्रो हो कि, कार्यकर्ताको मन जितेर निर्वाचन जित्ने कुरा ? कार्यकर्ताको लेभलमा रहेका मानिसहरुलाई केन्द्रिय नेतृत्वबाट निर्देशित गर्न सकिन्छ । तर मतदाताको हात समाएर मत हाल्न सकिँदैन । तसर्थ यो रिजल्ट भोलि त्यसपछिको हाम्रो सोच, हाम्रो दृष्टिकोण हाम्रो गठबन्धन कहाँ पुग्ने हो ? त्यसबारेमा नेताहरुले पुनः विचार गर्नुपर्छ ।’

उहाँले नेपाली काँग्रेस पार्टीले भरतपुर महानगरपालिकाको प्रमुख नछोड्ने पनि बताउनु भयो । २०७४ सालको आफ्नो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैँचो अब नेपाली काँग्रेसलाई माओवादीले तिर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसको दाबी रहने र अन्य पदमा गठबन्धनबीचमा तालमेल गरेर जान सकिने बताउनु भयो । सभापति खनालले यस बारेमा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीहरुलाई जानकारी गराएको पनि बताउनु भयो । उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनकै सांसद भएको र उहाँ चितवन जिल्लामा रहेका सबै राजनीतिक पार्टीको अभिभावक भएकोले पनि आफन्तवादलाई त्यागेर यस पटक काँग्रेसलाई महानगरको नेतृत्वमा सहयोग गर्न आग्रह गर्नुभयो । सभापति खनालले अध्यक्ष दाहालले गत निर्वाचनमा काँग्रेसले माओवादी केन्द्रलाई सहयोग गरेको र यस पटक काँग्रेसलाई सहयोग गरे गठबन्धन पनि बच्ने र संविधानको रक्षा पनि हुने बताउनु भयो । उहाँले नेकपा माओवादी केन्द्रलाई गत निर्वाचनमा काँग्रेसले सहयोग गरे पनि त्यसपछिका दिनहरुबाट काँग्रेस कार्यकर्ताहरु माअ‍ोवादीको गतिविधिका कारण दुःखी रहेको भन्दै यसपटक काँग्रेसलाई सहयोग गरेर नेपाली काँग्रेसका चिन्तित कार्यकर्ताहरुलाई खुशी बनाउने काम माओवादीले गर्नुपर्ने बताउनु भयो ।

सभापति खनालले भन्नुभयो, ‘चितवनसँग र नेपाली काँग्रेससँग अहिले दुई वटा सम्बन्ध जोडिएको छ । एउटा हामी नेपाली काँग्रेसमा आवद्ध छौँ । हाम्रो केन्द्रिय सभापति शेरबहादुर देउवा हुनुहुन्छ, जो गठबन्धनकै प्रधानमन्त्री हुनुहुन्छ । साथै गठबन्धनको अर्को बलियो पार्टनरको रुपमा माओवादी केन्द्रका आदरणीय पेष्पकमल दाहाल आउनुभएको छ । उहाँ चितवन जिल्लाकै मान्य सांसद हुनुहुन्छ । त्यसैले उहाँले यो गठबन्धनलाई जीवित राख्नका लागि सँगै उहाँको कार्यक्षेत्र पनि चितवन भएको कारणले चितवनभित्र रहेका राजनीतिक पार्टीहरुका बीचमा उहाँ माआवादी केन्द्रको नेता भएपनि उहाँले नेपाली काँग्रेसलाई पनि बराबर माया ममता गर्नुपर्दछ । गठबन्धनको सैद्धान्तिक र व्यवहारिक पक्ष भनेको आलोपालो हो । २०७४ मा हामीले सहयोग ग¥यौं । २०७९ मा तपाईले सहयोग गर्नुहोस् । २०७४ मा सहयोग गरिसकेपछिको परिस्थिति नेपाली काँग्रेसका कार्यकर्ताहरुको बीचमा विशेष गरी माओवादी केन्द्रको फरक ढंगबाट कार्यकर्ताको बीचमा धमिलो मन भएको छ । धमिलो मनलाई संग्ल्याउनका निमित्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फराकिलो छाती गरेर, परिवारभन्दा बाहिर आएर संविधान र गठबन्धनको रक्षा गर्न फराकिलो छाती बनाएर यस पटकको स्थानीय निर्वाचनमा प्रमुख पदमा काँग्रेसलाई सहयोग गरी अन्य पदमा आवश्यक तालमेल गरेर सामुहिक रुपमा निर्वाचनमा जाने वातावरण बनाउन आवश्यक छ ।’

सभापति खनालले नेपाली काँग्रेस चितवनले आफ्ना कार्यकर्ताहरुको भविष्य सुरक्षित गर्न र नेपाली काँग्रेसलाई जीवन्त दिनको लागि तथा यस पटक महानगरको नेतृत्व लिन चाहेको पनि बताउनु भयो । उहाँले नेपाली काँग्रेसको केन्द्रिय समितिबाट गरिएको परिपत्रअनुसार नै आफू अगाडि बढ्ने तर पार्टीले यस पटक भरतपुर महानगरपालिकाको मेयरमा दाबी नछोड्ने बताउनु भयो । सभापति खनालले यस क्रममा चितवन नेपाली काँग्रेसका पदाधिकारीहरु पार्टी सभापति, वरिष्ठ नेता, पदाधिकारीहरुलाई भेट्न काठमाडौं आएको बताउनु भयो ।

सभापति खनालले भन्नुभयो, ‘नेपाली काँग्रेस चितवनले कार्यकर्ताहरुको भविष्यप्रति सुरक्षित गर्न र नेपाली काँग्रेसलाई जीवन्त दिनको लागि तथा नेपाली काँग्रेसको त्यहाँको संगठनलाई भोलिका दिनमा पनि जीवित राख्नको लागि नेपाली काँग्रेस चितवनले एउटा निर्णय गर्नुपर्ने हाम्रो बाध्यात्मक अवस्था रह्यो । नेपाली काँग्रेसको केन्द्रिय समिति तहबाट हामीलाई जुन परिपत्र गरियो, स्थानीय तहमा आवश्यक्ता र औचित्यको आधारमा अन्य गठबन्धनका दलहरुसँग तालमेल गरेर निर्वाचनमा जाने भन्ने कुरासँग नेपाली काँग्रेसको केन्द्रिय समितिले परिपत्र ग¥यो । त्यही परिपत्रलाई टेकेर नेपाली काँग्रेस चितवनले विविध क्षेत्रमा सर सल्लाह र राय लिएर गएको २० गते हामी एउटा निर्णयमा पुग्यौँ । हामी आसन्न निर्वाचनमा गठबन्धनका दलहरुबीचको तालमेललाई नेपाली काँग्रेसको केन्द्रिय समितिले गरेको निर्णयअनुसार आत्मसाथ गर्दछौँ । तर चितवनको हकमा यस पटक अब हाम्रो पालो महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको उम्मेदवार कायम गर्दिनको लागि नेपाली काँग्रेसको केन्द्रिय समिति, आरणीय शेरबहादुर देउवा र पदाधिकारी र वरिष्ठ नेताहरुलाई हामीले त्यसमा विशेष आग्रह गर्ने गरी निर्णय लियौँ ।’

सभापति खनालले चितवन महानगरपालिका क्षेत्रमा नेपाली काँग्रेसको ऐतिहासिक पृष्ठभूमि गर्विलो रहेको बताउनु भयो । उहाँले विभिन्न आन्दोलनमा चितवनबाट नेपाली काँग्रेसले गरेको नेतृत्व काँग्रेसप्रतिको विश्वासले पनि महानगरमा काँग्रेसको छुट्टै पहिचान रहेको बताउनु भयो । सभापति खनालले नेपाली काँग्रेसलाई यसपटक मतदान गरेर नजिताए त्यसको मत परिणाम सोचेको भन्दा फरक आउनेतर्फ सचेत रहन पनि चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने
गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ
भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

ताजा

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.