चितवन। भरतपुर महानगरपालिका वडा नम्बर १४ को भित्रि सडक अन्तर्गत लाफाचोकमा दुईवटा म्याजिक एक आपसमा ठक्कर खाँदा सात जना घाईते भएका छन् ।
पटिहानीबाट गितानगर तर्फ आउँदै गरेको ना १ ज ६१८८ नम्बरको म्याजिक र बिपरित दिशाबाट जाँदै गरेको ना १ ज ४१८१ नम्बरको म्याजिक आज बिहान ८ वजे एक आपसमा ठक्कर खाएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुबै म्याजिकमा सवार आठ जना घाईते भएका हुन । प्रहरीका अनुसार ना १ ज ४१८१ म्याजिकमा सवार कास्की जिल्ला पोखरा १५ नयाँगाउ बस्ने ५० वर्षीया कृष्णमाँया सापकोटा, भरतपुर ९ शरदपुर बस्ने ४७ वर्षीया सरस्वती देवकोटा,भरतपुर ८ गौरिगन्जका १८ वर्षीय प्रबिण ढकाल, १४ वर्षीय सुशिल देवकोटा, २७ वर्षीय सन्जय सापकोटा, १६ वर्षीय सलिना देवकोटा र ३४ वर्षीय अन्जु थपलिया घाइते भएका हुन्। घाईते मध्ये एक जनाको अबस्था मध्यम रहेको छ भने अन्यको अबस्था सामान्य रहेको कार्यालयले जनाएको छ ।
घाईते सबैको एलाईभ अस्पतालमा उपचार भईरहेको छ । ठक्कर खाने दुबै सवारी र ना १ ज ६१८८ नम्बरको म्याजिक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।