चितवनः अनेरास्ववियूले जिल्लामा रहेका बिभिन्न क्याम्पसहरुमा प्रधानमन्त्रीको पुुत्ला जलाएको छ । संसद विगठन गरेर असंबैधानीक कु गर्न खोजेको भन्दै उनीहरुले प्रधानमन्त्रीको पत्ला दहन गरेका हुन् ।
अनेरास्वबियूको केन्द्रिय कार्यक्रम अन्तर्गत जिल्लाको सदरमुकाममा रहेका कयाम्पसहरुमा बिहानन प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएकोे हो । उनीहरुले प्रधानमन्त्री ओली राजिनामा दे, संसद पुनःस्थापना गर लगाएतका नारा लगाउँदै बिरेन्द्र क्याम्पस, बालकुमारी र सप्तगण्डकी क्याम्पसमा प्रधानमन्त्रीकोे पुत्ला दहन गरेका हुन ।
प्रधानमन्त्रीको पुत्ला दहन पछि ती क्यामपसहरुमा वाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।