स्थानीय तहको निर्वाचनमा युवाहरुको अग्रसरता बढ्दै गएको छ। पुराना नेताहरु प्रतिको वितृष्णा नै अहिले नेपाली कांग्रेसको राजनीतिमा युवाहरुको आकांक्षा बढेको हो। गएको १४ औं अधिवेशन र महाधिवेशनले नै यो कुराको पुष्टि गरेको छ।
बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा पनि स्थानीय युवाहरुको आकांक्षा बढ्दै गएको पाइन्छ।
त्यसरीनै भरतपुर महानगरपालिका वडा नम्बर– ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका युवा नेता विकास पौडेलले आकांक्षा देखाएका छन । विद्यार्थी राजनीति देखि नेपाली कांग्रेसको भातृ संगठनमा रहेर काम गर्दै विभिन्न पदमा रहेर काम गर्दै आएका पौडेल वडा नम्बर ७ का स्थायी बासिन्दा हुन्।
गत स्थानीय तह निर्वाचनमा वडा नम्बर ७ मा काँग्रेस माओवादी संग १४ मत अन्तरले पराजित भएको थियो । उमेरले युवा एवं राजनीतिमा सक्रियता साथै व्यवहारले परिपक्क पौडेलले वडामा निष्ठावान र ईमान्दार नेताका छवि पनि बनाएका पौडेल प्राध्यापन पेसामा आवद्द थिए ।
निरन्तर राजनीतिमा लाग्ने जोश सहित प्राध्यापन क्षेत्रबाट अवकाश लिएका पौडेलले अहिले सम्म कुनै पनि लाभको पद लिएका छैनन् ।
१६ बर्षसम्म शिक्षण पेशामा आवद्ध रहेका पौडेलले भिन्न– भिन्न समयमा गरि चितवन मा.वि., नारायणी पव्लिक कलेज, लक्ष्मी मा.वि., पारिजात बोर्डिङ स्कूल र शहिद स्मृति मा.वि. मा प्राध्यापन गरेका थिए ।
भरतपुर ७ वडा कार्यसमितिमा २ कार्यकाल सदस्य भएका पौडेल निवर्तमान वडा सचिव पनि हुन । उनि नेपाली काँग्रेस क्षेत्र नम्बर २ का कार्यसमिति सदस्य र क्षेत्रीय संसदिय बोर्डका सदस्य समेत छन ।
शरदपुर मा.बि.मा ने.बि.संघको इकाई सचिवबाट राजनीतिक यात्रा शुरु गरेका पौडेलले क्याम्पस जिवनका विभिन्न कालखण्डमा ने.वि.संघको समितिमा बसि सकृयता पूर्वक जिम्मेवारी निभाएका थिए । राजनीतिसंगै समाज सेवामा पनि सकृय पौडेलले लायन्स क्लब अफ कृष्णपुरका पूर्व अध्यक्ष, प्रजातानित्रक बिचार समाज चितवनका सदस्य रहेर काम गरे । पौडेलले बि.स. २०६२/६३ को जनआन्दोलनमा प्रतिगमन बिरुद्ध आन्दोलनमा सहभागिता जनााएका थिए ।
साथै चित्रवन खबर संग कुरा गर्दै पौडेलले अन्तिममा पार्टीले वडा अध्यक्षको टिकट दिए जित सुनिश्चित रहेको पनि बताए।