• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, असार २१, २०७९
मङ्गलबार, असार २१, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी
  • २ घण्टा 

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
  • २ घण्टा 

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने
  • ३ घण्टा 

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)
  • ४ घण्टा 

बालाजुमा माेटरसाइकल दुर्घटना हुँदा माेटरचालककाे मृत्यु
  • ५ घण्टा 

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ
  • ७ घण्टा 

रामेछापबाट काठमाडौँ आउंदै गरेको बस दुर्घटना, ९ को मृत्यु
  • ७ घण्टा 

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
  • ११ घण्टा 

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ३. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ६. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ७. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ८. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • ९. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • १०. दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी

भरतपुरको मेयरमा कांग्रेसका दुइ दर्जन भन्दा धेरैको दाबि

  •   ३ महिना अघि

चितवन, चैत २७–

भरतपुर महानगरपालिकामा कांग्रेसका दुई दर्जन नेता तथा कार्यकर्ताहरुले मेयरमा आकांक्षा देखाएका छन् । मेयरमा आकांक्षा देखाउनेमा प्रदेश मन्त्रीदेखि विश्वविद्यालयका प्राध्यापकसम्म छन् ।

नेपाली कांग्रेस चितवनले भरतपुर महानगरको मेयर र उपमेयरका लागि आकांक्षीहरुको नाम संकलन गरेकामा दुई दर्जन बढी आकांक्षीले मेयरमा र दुई दर्जनले नै उपमेयरमा नाम दर्ता गराएका छन् । दुई दिनसम्म नाम दर्ता गर्ने मौका दिएकोमा आज दोस्रो दिनमा थप १२ नेताले मेयरमा र ११ जनाले उपमेयरमा नाम दर्ता गरेका हुन् । आज थपिएसँगै मेयरमा २५ जना र उपमेयरमा २४ जना आकांक्षी पुगेका छन् ।

कांग्रेसको केन्द्रीय निर्देशन र जिल्लाको परिपत्र अनुसार हिजो आइतबार र आज सोमबार मनोनयन दर्ता गर्ने समय तोकिएको कांग्रेस महानगरका उसभापति चित्रसेन अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । आइतबार बिहान ११ बजेबाट सुरु भएको मनोनयन आज साँझसम्म चलेको थियो ।
कांग्रेस भरतपुर महानगरका उपसभापति बुद्धिकान्त न्यौपानेका अनुसार आइतबार पहिलो दिन भएको मनोनयन दर्तामा मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकरप्रसाद कँडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, निलकण्ठ शर्मा रिजाल र गौरी कुमारी श्रेष्ठ रहेका छन् । आज दोस्रो दिन मेयर पदका लागि नाम दर्ता गर्नेमा घनश्याम दवाडी, हिरामणि अधिकारी, डा.सूर्यकान्त घिमिरे, राजेन्द्र डोटेल, टेकप्रसाद गुरुङ, डा.केशबभक्त सापकोटा, प्रकाश अधिकारी, मिलनबाबु श्रेष्ठ, भरत गुरुङ, शम्भुप्रसाद अर्याल, सुबोध प्रधान र मीनाकुमार खरेल रहेका छन् ।

यस्तै, पहिलो दिन आइतबार उपमेयर पदमा तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देबेन्द्र गुरुङ, टंकनाथ पौडेल, पुर्णबहादुर गुरुङ र राजिब न्यौपानेले मनोनयन दर्ता गराएको उपाध्यक्ष न्यौपानेले बताए । उनले आज दोस्रो दिन विदुर केसी, गौरी खरेल अधिकारी, विजय घले, बिनु रायमाझी, गीता गुरुङ, सूर्यनाथ अधिकारी, महेन्द्र श्रेष्ठ, भोजराज कौडेल, सुरवीर पोखरेल, निर्मलराज पौडेलले उपमेयरमा आकांक्षा देखाएर नाम दर्ता गरेको नारायणी अनलाइनलाई जानकारी दिए । न्यौपानेले भने, ‘महानगरको मेयर कांग्रेसले नपाउने भन्ने छैन । पाउने निश्चित नै हो ।’

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले माओवादीसँग गठबन्धन गरेर भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाललाई जिताएको थियो । सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी बीच यसपटक पनि महानगरपालिकामा गठबन्धन हुने र भरतपुर माओवादीले लिने चर्चा चलेपछि कांग्रेसका जिल्ला तथा केन्द्रीय नेताहरु कुनै पनि हालतमा महानगरपालिका कांग्रेसले माओवादीलाई छाड्न नहुने बरु कांग्रेस एक्लै निर्वाचनमा गएर जित्ने बताउँदै आएका छन् ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दै छ । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेता पार्टी शीर्ष नेतालाई भेट्न काठमाडौंबाट फर्किए लगत्तै कांग्रेसबाट मेयरमा आकांक्षीहरुले मनोनयन दर्ता गर्ने काम सुरु भएको थियो । कांग्रेसका कतिपय आकांक्षीहरुले कांग्रेस सभापति देउवाले भरतपुर महानगरमा मेयरको आकांक्षीको नामहरु टिपेर अन्तिम अवस्थामा मिलेर आऊ भन्दै माओवादी केन्द्रबाट रेनु दाहाललाई नै मेयर दिने तयारी गरेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने
रोजगार मेला
चितवनमा रोजगार मेला हुने , १० हजार बढीले अबलोकन गर्ने भरतपुर महानगरको अपेक्षा
Renu Dahal Mayor Of Bharatpur .
भरतपुर महानगरका करिब १० हजार बढीलाई लालपुर्जा बाड्ने मेयर रेणु दाहालको घोषणा

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

ताजा

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.