विनोद अधिकारी भक्तपुर,२९ चैत : भक्तपुरको नलिञ्चोकमा मोटरसाइकल दुर्घटनामा हुँदा चार महिने शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् ।
मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् ।
घाइते शिशुलाई सिद्धि स्मृति अस्पताल प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको छ भने दुर्घटनामा घाइते भएका बुद्ध र सुस्मिता उपचार पछि डिस्चार्ज भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

