डा. विश्वबन्धु बगाले प्रमुख मेडिकल सुपरिटेण्डेण्ट पदको ११ औं तहमा बढुवा हुनु भएको छ । बकुलहर रत्ननगर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट पदमा कार्यरत बगाले ११ औं तहमा बढुवा हुनु भएको हो ।
लोकसेवा आयोगले हिजो प्रकाशित गरेको सूचनामा डा. बगाले लिखित र अन्तर्वार्ता दुवैबाट छनौट हुनु भएको जनाईएको छ । आयोगले एक पदका लागि मात्रै माग गरेकोमा लिखित परीक्षामा सहभागी आधा दर्जन बढी प्रतिस्पर्धीहरुलाई पछि पार्दै डा. वगाले लिखित र अन्तर्वार्ता दुवैबाट छनौट हुनु भएको हो । मन्त्री परिषद्को निर्णयले उहाँलाई जिम्मेवारी तोकिने छ ।