निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । आयोगको आज बिहीवारको बैठकले घिसिङलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
पत्र पठाएर सात दिनभित्र प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनिएको छ । नेकपा माओवादी केन्द्र ले घिसिङको तस्बिर चुनाव प्रचार सामग्रीमा प्रयोग विषयलाई लिएर घिसिङलाई आयोगले स्पष्टीकरण सोधेको हो । चुनाव प्रचार सामग्रीमा घिसिङको तस्बिर प्रयोग भएको भन्दै चौतर्फी आलोचना भएपछि माओवादीले घिसिङको तस्बिर हटाएको थियो ।