भरतपुर,बैशाख ४: काङ्ग्रेसबाट भरतपुर ५ मा विष्णु धिताल वडा अध्यक्षका आकांक्षी आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भरतपुर महानगरपालिका वडा नम्बर ५ मा वडाअध्यक्षको शसक्त आकान्क्षी मध्येका एक हुन्, विष्णुप्रसाद धिताल ।
२०३२ सालमा नेपाल बिधार्थी सघ विश्वप्रकाश मावि इकाइ सभापतिको जिम्मेवारीबाट राजनितिक यात्रा आरम्भ गरेका धितालले २०३६ सालको आन्दोलनमा सकृयताको साथ भाग लिएका थिए । २०४२ को सत्याग्रह , २०४६ को जनआन्दोलन हुँदै हरेक राजनितिक परिवर्तन र नेपाली काङ्ग्रेस पार्टीको अभियानमा होमिएका धितालले २०५४ सालमा पार्टी कार्यालयको लागी जग्गा समेत उपलब्ध गराएका थिए ।
२०६२/६३ मा भएको जनआन्दोलन-२ का घाइते समेत रहेका धितालले आसन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् | बिभिन्न समयमा पार्टीको बिभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका धिताल २०६४ सालमा वडा कार्यालय सचिव हुँदै क्षेत्रिय कोषध्यक्ष, २०६७ देखी २०७७ सम्म नेपाली काङ्ग्रेस वडा सभापति, १३ र १४ वडा मर्ज भए पछी वडा संयोजकको जिम्मेवारी सफलता पूर्वक पुरा गरेका थिए । २०७८ को पार्टी अधिवेशनमा क्षेत्रिय प्रतिनिधि रहेका थिए ।
पार्टी कार्यलय भवन निर्माणमा पनि उनको भूमिका उल्लेख्य रहयो । वडामा निष्पक्ष तवरबाट द्रुत विकासका लागि वडाध्यक्षमा आफ्नो दाबेदारी रहेको उनी बताउँछन् । `सबै पुस्तालाई समेटेर अगाडि बढ्नुपर्ने अहिलेको आबस्यकता हो, यसका लागि म सदैव तयार रहेको छु´, धितालले भने । निर्बिबाद र स्वच्छ छविका धिताल वार्ड बासीसँग दशकौ देखी घुलमिल भइ दुखसुखमा साथ दिइरहेका छन । पार्टीले वार्ड अध्यक्षको उमेदवार बनाउनेमा आशाबादी देखिने उनी आफ्नो जीत सुनिस्चित रहेको दाबी गर्छन । राजनितिक पुर्वाग्रह नराखी समाजसेवामा अग्रपङ्तीमा रहेर काम गर्न रुचाउने विष्णुप्रसाद धिताल लोकप्रिय सामाजिक व्यक्तित्व हुन् ।