• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
आइतबार, असार १९, २०७९
आइतबार, असार १९, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
  • २ घण्टा 

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
  • ४ घण्टा 

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड
  • ७ घण्टा 

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक
  • ७ घण्टा 

‘बामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जनालाई उल्टै बामदेवले निकालिदिए
  • ११ घण्टा 

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप
  • १२ घण्टा 

Renu Dahal Mayor Of Bharatpur .
नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता
  • १२ घण्टा 

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
  • १२ घण्टा 

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ३. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ४. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • ५. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ६. भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

  • ७. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • ८. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ९. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • १०. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

दलिय प्रतिनिधित्वको विरोधमा अटेरी अभियान , देश भर संजाल विस्तार हुँदै

  •   ३ महिना अघि
अटेरी अभियान

पोखरा, वैशाख ५ : स्थानीय निर्वाचनमा दलीय प्रतिनिधित्वको विरोध गर्दै राम्रो उम्मेद्‌वार उठाउनुपर्ने एजेण्डासहित पोखराबाट अटेरी अभियान सुरु भएको छ । पोखरा महानगरसहित देशका विभिन्न स्थानीय तहमा करिब चार हजार तीन सय जनाले अटेरी अभियानबाट उम्मेद्‌वारी घोषणा गरिसकेका छन् ।

साहित्यकार तथा लेखक गनेश पौडेलले अघिल्लो स्थानीय निर्वाचनपछि स्थानीय तहको चुनाव निर्दलीय हुनुपर्ने एजेण्डा स्थापित गर्ने सोच बनाए । त्यसपछि निरन्तर नजिकका साथीहरूसँग छलफल गरेर पोखरा महानगरपालिकामा आफैंले मेयर पदको उम्मेद्‌वारका रूपमा घोषणा गरे ।

‘४र५ वर्षदेखि मैले यसको डिजाईन गरिरहेको थिएँ । दलका भ्रष्ट नेताहरू विरुद्ध आवाज कसरी उठाउने भनेर धेरै सोचे । त्यही सोचको उपज हो, अटेरी अभियान,’ उनले भने, ुआज देशभर नराम्रा कुरामा हाम्रा साथीहरूले अटेर गर्नुभएको छ । दलहरूलाई प्रेसर बढेको छ ।’

अहिले देशभर चार हजार दुई सय ८७ जनाले अटेरी उम्मेद्‌वारी घोषणा गरिसकेका छन् । पोखरा महानगरपालिकाभित्रै १५ वटा वडामा अध्यक्षका उम्मेद्‌वार निस्किएका छन् भने कास्कीका अन्य पालिकामा पनि उम्मेद्‌वारी घोषणा भइसकेको छ । अटेरी उम्मेद्‌वारहरूले भूगोल र परिस्थिति अनुसारको कार्ययोजनापत्र सार्वजनिक पनि गरिरहेका छन् । दुई साताअघि पोखरामा देशभरका अटेरी उम्मेद्‌वारहरू भेला भएर एकीकृत घोषणापत्र सार्वजनिक गरेका थिए।

‘जनप्रतिनिधि भनेको इमान्दार हुनुपर्छ । आफ्नो पालिकालाई के बनाउने भन्ने बुझ्न सक्ने हुनुपर्छ,’ पौडेल भन्छन्, ‘पैसाका भरमा जस्ताले पनि चुनाव जित्ने हुँदा हाम्रो भविष्य नै बर्बाद भयो । हामीले उनीहरूलाई अटेर गर्‍यौं ।’ तर अहिले दलहरूलाई पनि राम्रो उम्मेद्‌वार उठाउनुपर्ने दबाब सिर्जना भएको उनी बताउँछन् ।

‘मेरो पार्टीको उम्मेद्‌वार राम्रो नभए गनेशले भोट काट्छ भन्ने सबैलाई लागेको छ । राम्रो उम्मेद्‌वार खोजिरहेका छन्,’ उनले थपे, ‘हामी सही बाटोमा छौं । पहिले जे गर्न खोजेका थियौं अहिले त्यही भइरहेको छ ।’

पार्टीका उम्मेद्‌वारहरूले भेला, जुलुस, आमसभा, कार्यकर्ता भेटघाट, चुनावको नाममा जे पनि गर्न पैसाको खोलो बगाउन थालेकोले भ्रष्टाचार बढेको भन्दै इमान्दार र राम्रा उम्मेद्‌वारले विना पैसा चुनाव जित्ने आधार निर्माण गर्न अभियानको थालनी गरिएको पौडेलले बताए । अटेरी अभियानले आमसभा र र्‍याली नगर्ने घोषणा गरिसकेको छ ।

मतदातासम्म पुग्न प्रविधिको प्रयोग गर्ने र चोकचोकमा पुगेर मतदातालाई घोषणापत्र बेच्ने कामको सुरुवात गरिएको छ । चुनावी खर्च चलाउनका लागि ३० रुपैयाँमा घोषणापत्र बेच्ने काम थालिएको अभियानले जनाएको छ ।

दलको विचार नबोकी राजनीति गर्न सक्ने गरी अभियान निरन्तर चलाइरहने अटेरी समूहले जनाएको छ । चुनावी अभियानसँगै देशभर यसको सन्जाल विस्तार भएको छ । विस्तारै यसलाई पार्टीको रूपमा विकास गर्ने तयारी भइरहेको बुझिन्छ । ‘साथीहरूले पार्टी बनाएर लैजाऔं भन्नुभएको छ । हामी यो चुनावलगत्तै एउटा भेला गर्छौं र छलफलको निष्कर्ष अनुरुप अघि बढ्छौं,’ उनले भने, ‘पार्टीको रूपमा विकास हुन पनि सक्छ । तर, अभियान भने निरन्तर रहिरहन्छ ।’ अहिले अटेर गरेर उम्मेद्‌वारी घोषणा गरेकाहरूलाई पार्टीले आफ्नो पार्टीबाट चुनाव लड्न भनेका छन् भने कतिपय ठाउँमा फिर्ता लिन दबाब दिइरहेको अभियानका सदस्यहरुले बताएका छन् ।

न्युज कारखाना

  • अटेरी अभियान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवकको शव समुद्रमा भेटियो
३ मतले चुनाव हारेका एमाले उम्मेदवार थापाले हाले मुद्दा पुनः मतगणनाको माग
बालेनले नेपाली र नेपाल भाषामा सपथ लिँदा सुनिताले लिईन नेपाल भाषामा मात्र

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

१५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

ताजा

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.