• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, असार २१, २०७९
मङ्गलबार, असार २१, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
  • २ घण्टा 

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
  • ४ घण्टा 

आज नेपाल र क्यानाडा भिड्दै , यसरी हेर्नुहोस लाइभ
  • ४ घण्टा 

petrol
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १८१
  • १४ घण्टा 

आठ करोडभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा दायर
  • १५ घण्टा 

माओवादीमा पदाधिकारी र स्थायी कमिटी टुंगो लगाउन माग
  • १६ घण्टा 

सिसिटिभी फुटेज मेट्नु अर्थमन्त्रीको जघन्य अपराध: प्रदीप ज्ञवाली
  • १६ घण्टा 

भारतीय दूतावासका सुरक्षागार्डले गरे आफैंलाई गोली प्रहार, घटनास्थलमै मृत्यु
  • १८ घण्टा 

रोजगार मेला
चितवनमा रोजगार मेला हुने , १० हजार बढीले अबलोकन गर्ने भरतपुर महानगरको अपेक्षा
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ३. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ४. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ५. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ६. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ७. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ८. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ९. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • १०. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर बन्न सक्छौँ

  •   २ महिना अघि

चितवन, वैशाख १०-उद्योगी व्यवसायीले सरकारले सहयोग गरेमा नेपाल औषधिमा आत्मनिर्भर हुनसक्ने बताएका छन् । नेपाल फर्मा एक्स्पो २०२२ को शुक्रबार यहाँ उद्घाटन समारोहमा बोल्ने वक्ताले नीतिगतरुपमा नै स्वदेशी औषधि उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने उहाँहरुको भनाइ छ ।

कतिपय देशले आफ्नो देशमा उत्पादन हुने औषधि आयातमा रोक लगाएको भन्दै उहाँहरुले नेपालमा पनि यसको सिको गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मागको ५० प्रतिशत धान्न सक्ने अवस्थामा नेपाली औषधि उद्योग पुगेको जनाउँदै स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन गर्नसकेमा ९० प्रतिशत आत्मनिर्भर बन्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको नीति स्वदेशी उद्योगमैत्री हुनु प¥यो ।” जति पनि ऐन कानुन छन् ती उद्योग व्यवसाय प्रोत्साहन हुने गरी बन्नुपर्ने उहाँको भनाइ थियो । प्रतिकूलताका बीच नेपाली उद्योगले काम गर्नुपर्ने बाध्यता रहेको गोल्छाले बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले राज्यका तर्फबाट स्वदेशी उद्योगलाई अभिभावकत्व ग्रहण गरिदिनुपर्ने बताउनुभयो । औषधि उत्पादक सङ्घका अध्यक्ष डा प्रज्वलजङ्ग पाण्डेले नेपाली औषधि निर्यात हुन थालेको भन्दै सरकारले नीतिगतरुपमा नै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले सहयोग गरेमा ९० प्रतिशतभन्दा बढी औषधि यही उत्पादन गर्न सक्छौँ ।”

सङ्घका निर्वतमान अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले औषधिमा विदेशमा भर पर्न नहुने भन्दै आत्मनिर्भर हुनका लागि सरकारी तवरबाट सहयोगको आह्वान गर्नुभयो । सबैले सुन्ने र हुन्छ भन्ने तर कसैले कार्यान्वयन नगर्दा नेपाली उद्योग समस्यामा रहेको उहाँको भनाइ थियो । सङ्घकै पूर्वअध्यक्ष दीपक दाहालले नेपालमा ७२ उद्योगले औषधि उत्पादन गरिरहेका र ३२ वटा स्थापनाको क्रममा रहेको जनाउँदै यहाँका उद्योगले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा विशेष ध्यान दिएको बताउनुभयो ।

अहिले केही उद्योगले ७५ प्रतिशतसम्म माग धान्न सक्ने भन्दै उहाँले यहाँ उत्पादित औषधि आयातमा रोक लगाउनुपर्नेमा जोड दिनुभयो । भारत सरकारले भर्खरै मात्र औषधि उद्योगलाई भारतीय रुपैयाँ एक खर्ब ५० अर्ब अनुदान दिएको उहाँले सुनाउनुभयो । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो ।

सङ्घका महासचिव विप्लव अधिकारीले यस पटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अङ्गाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा सचेतना दिने छ ।” एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उहाँको भनाइ छ ।

औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नविन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको उहाँले बताउनुभयो । नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब ९प्रयोगशाला०, मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासको प्रत्येक दुई वर्षमा एक्स्पो गरिँदै आएको छ । सन् २०२१ मा हुनुपर्ने एक्स्पो भने कोभिडका कारण हुन सकेको थिएन ।

यस पटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहेका छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुर्राष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहेका छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । सङ्घले आज राष्ट्रिय योजना आयोग, औषधि उत्पादक, बिक्रेता, पत्रकारुबीच अन्तक्र्रिया कार्यक्रम गर्दैछ ।

एक्स्पोमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल औषधि थोक व्यवसायी सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल फर्मास्युटिकल एशोसिएशन र नेपाल फार्मेसी सङ्घको आबद्धता रहेको छ । एक्स्पोका ३० हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बालबालिकालाई लगाइने २३ लाख मात्रा खोप नेपाल आइपुग्यो
बीसहजार जेसीजको आयोजनामा वरिष्ट युरोलोजिष्ट डा. सुदिपराज केसीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाण्डू उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि, शङ्कास्पद थप स्थान ‘निगरानीमा’

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

ताजा

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै

आज नेपाल र क्यानाडा भिड्दै , यसरी हेर्नुहोस लाइभ

petrol
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १८१

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.