भरतपुर । चितवन कांग्रेसको असन्तुष्ट पक्षले आज भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी घोषणा गर्न सकेन । असन्तुष्ट पक्षले आज मेयरमा स्वतन्त्र उमेदवारी घोषणा गर्ने तयारी गरेको थियो ।
उमेदवारी घोषणा गर्नका लागि जिल्ला पार्टी कार्यालय कमलनगरमा राखिएको भेलामा कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला र टेकप्रसाद गुरुङ उपस्थित भएनन् । उनीहरुको नेतृत्वमा हिजो जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए ।
महानगरको मेयर सत्ता गठबन्धनले माओवादी केन्द्रलाई छाडेपछि चितवन कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट छन् । गठबन्धनको निर्णय विरुद्ध विद्रोह गर्ने उद्देश्यले बागी उमेदवारी दिने असन्तुष्ट पक्षको तयारी थियो ।
महानगरको मेयरको विषयमा शिर्ष नेताहरुसँग छलफल भइरहेकाले दुई केन्द्रीइ सदस्य आजको भेलामा उपस्थित नभएका कांग्रेस नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले बताए । भोलिसम्ममा केहि निर्णय लिइने उनले बताए ।