चितवन, वैशाख ११ : भरतपुर महानगरमा कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले मेयरको बागी उम्मेदवार बन्ने भएका छन् ।
नेपाली कांग्रेस पार्टी कार्यालयमा उनले आज उम्मेदवारीको घोषणा गरेका हुन् ।
भरतपुर महानगरपालिका–७ पौडेल राष्ट्रिय सभाको पूर्वसांसद तथा भरतपुरको पूर्वउपमेयरसमेत हुन् ।
भरतपुरको मेयरमा सत्ता गठबन्धनले माओवादीकी रेनु दाहाललाई उम्मेदवार बनाउने भएसँगै चितवन कांग्रेसमा असन्तुष्टि चुलिएको थियो ।

