विगत १६ वर्ष देखि शैक्षिक परामर्शमा अग्रणी स्थानमा रहेर हजारौँ विद्यार्थीहरुको भविष्य बनाउन मुख्य भूमिका खेलेको ग्रेस इन्टर्नेशनलले विदेश पढ्न जान चाहाने विद्यार्थीहरुलाई केन्द्रित गर्दै मुख्य शहरहरु काठमान्डौ, पोखरा, बुटवल र चितवनमा साताव्यापी “अष्ट्रेलिया एड्मिसन डे” को आयोजना गरिरहेको छ।
बैशाख ९ गतेदेखि १६ गते शुक्रबारसम्म हुने मेलाको सुरुवात भने कम्पनीको पुतलीसडक स्थित शाखाबाट भएको छ र अन्तिम कार्यक्रम अप्रिल २९ (नेपाली १६ गते) तारिकका दिन काठमान्डौको नयाँ बानेश्वर स्थित (द बेकरी क्याफे पछाडी) आफ्नै कार्यालयमा हुने कम्पनीका निर्देशक एन्ड्रयु पौडेल बताउँछन् । साताव्यापी लामो बृहत कार्यक्रममा अस्ट्रेलियाका १० भन्दा बढी विश्वविद्यालय र कलेजहरुका प्रतिनिधिहरु सहभागी हुनेछन् । विदेश गएर उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थिहरुले सिधै त्यहाँका प्रतिनिधिहरुसंग कुरा गरेर सबैकुरा बुझेर आफ्नो करिअरको निर्णय लिन सक्ने पौडेल बताउँछन् ।
विगतमा पनि यस्तै ठुला शैक्षिक मेलाहरु आयोजना गर्दै आइरहेको ग्रेस इन्टर्नेशनलले यस्ता मेलाहरुले हजारौँ विद्यार्थीको मनमा रहेको कौतुहलता मेट्न सफल भएको पनि बताएको छ। विदेश गएर कुन विषय पढ्दा राम्रो, पढिसकेपछि कामको सुनिश्चितता, पिआर र अन्य सुविधा र अवसरको बारेमा पनि विद्यार्थीले प्रत्यक्ष रुपमा बुझ्न सक्नेछन।
बैशाख १४ गते बुधबार चितवन आइपुग्ने उक्त टोलीले ग्रेसको शहिदचोक स्थित आफ्नै कार्यालयमा परामर्श दिनेछन् । अष्ट्रेलिया गएर उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीहरुले एडमिसन डेमा आएर युनिभर्सिटीका प्रतिनिधिहरुसंग प्रत्यक्ष कुराकानी गरेर आफ्नो भविष्यको निर्धारण गर्न पनि चितवन ग्रेसका प्रमुख गणेश लामिछाने विद्यार्थीहरुलाई अनुरोध गर्दछन् ।