भरतपुर । भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेदवार मनोनयन गराउने काम धमाधम भइरहेको छ । एउटा दललाई भरतपुर महानगरको मेयरदेखि सबै वडाको वडा सदस्यसम्मलाई मनोनयन दर्ता गराइ सक्दा कम्तीमा दुई घन्टा समय लागेको छ ।
मनोनयन स्थलमा एमालेको मेयरका उमेदवार विजय सुवेदीलगायत अन्य वडाध्यक्ष तथा सदस्यहरुले यतिबेला उमेदवार मनोनयन गरिरहेका छन् ।