चितवन,बैशाख १२ : चितवनको भरतपुरमहानगरपालिकामा नेपाली कांग्रेसका असन्तुष्ट पक्षले जगन्नाथ पौडेललाइ बागी उम्मेदवारी दिन लगाएको विषयमा जिल्ला सभापति राजेश्वर खनालले कडा प्रतिक्रिया दिएका छन् ।
उनले उम्मेदवारी दर्ता गराउने जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिए पार्टीले कारबाही गर्ने बताएका छन् । उनले असन्तुष्ट समूहलाई कांग्रेस केन्द्रीय परिपत्रअनुसार उम्मेदवारी फिर्ता लिने समय अवधिसम्म फिर्ता नभए कारबाही हुने बताए ।