विनोद अधिकारी चितवन,वैशाख-१२ : छोटो समयमा पश्चिम चितवनमा परिचित सोच परिवर्तन नेपाल नामक सस्था आजबाट कानुनी रुपमादर्ता भएको छ । संस्था संस्था दर्ता ऐन २०३४अनुसार सबै प्रकृया र मापदण्ड पूरा गरि शिवराज कंडेलको अध्यक्षतामा जिल्ला प्रशासन कार्यलय चितवनमा यस संस्था दर्ता भएको छ । संस्थाले सामुदायमा विभिन्न समसामयिक कार्य गर्दै आएको थियो ।
हाम्रो पीडि हाम्रो अभियान मुख्य नारा का साथ अधि बढिरहेको संस्थाले विशेषतः युवा वर्गलाई उत्प्रेरित गरि विभिन्न कार्यक्रम गर्दै आईरहेको र विभिन्न सामाजिक तथा मानवीय सेवाको कार्य लगाएत समाजिक बेथिति , अराजकता प्रती चिन्तन राखि आवज उठाउदै , चेतनाको विगुल फुक्दै आईरहेको संस्था पुर्णतः परिवर्तनका संवाहक युवाहरुको लगाव, सकृयता र सहभागीता रहेको यस संस्था आज विधिवत रुपमा दर्ता भएको हो । साथै यस सोच परिवर्तन नेपाल नयाँ आयम मा प्रवेश भएको संस्थाका अध्यक्ष शिवराज कंडेलले बताउनु भयो । कंडेलको अनुसार सस्थाले पहिले नै दर्ता प्रक्रिया पुरा गरे पनि केहि समय प्रयोगात्मक अभ्यास का लागि सस्था दर्ता रोकियको थियो ।
युवा र विद्यार्थी माझ परिचित सस्थाको कार्यलय भने भरतपुर महानगपालिका १८, स्थिति भिमेश्वर टोलमा अवस्थित रहेको छ ।

