• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
आइतबार, असार १९, २०७९
आइतबार, असार १९, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
  • ४० मिनेट 

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
  • ३ घण्टा 

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड
  • ६ घण्टा 

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक
  • ६ घण्टा 

‘बामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जनालाई उल्टै बामदेवले निकालिदिए
  • १० घण्टा 

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप
  • १० घण्टा 

Renu Dahal Mayor Of Bharatpur .
नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता
  • ११ घण्टा 

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
  • ११ घण्टा 

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ३. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ४. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • ५. भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

  • ६. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • ७. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ८. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ९. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • १०. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

पाँच वर्ष देश हाँक्ने जिम्मेवारी पूरा गर्न नसकेकामा एमालेले माफी माग्नुपर्छ– कांग्रेस महामन्त्री थापा

  •   २ महिना अघि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालले पछिल्लो पाँच वर्षको देश चलाउने जिम्मा लिएर पूरा गर्न नसकेकोमा माफी माग्नुपर्ने बताएका छन्।

काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले २०७४ सालको चुनावमा बहुमत पाएको एमाललेले मत पाएअनुसार जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी माग्नुपर्ने बताए।
उक्त चुनावमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बनेको थियो भने एमाले पहिलो दल बनेर देशको जिम्मा लिएको थियो। ‘देश हाँक्ने जिम्मा लिएर पहिलो पार्टी बनेको एमालले जिम्मेवारी पूरा गर्न नसकेकोले माफी माग्नु पर्छ,’ उनले भने, ‘स्थानीय सरकारमा कांग्रेसको पनि केही मिठो,नमिठो अनुभव भयो। अबको पाँच वर्ष हामीलाई जिम्मा दिनुस् त्यो जिम्मेवारी पूरा गर्न सकेनौँ भने भुईँमा पर्छादिनुस्।’

यो चुनावमा पहिलो पार्टी बनाएर देश हाँक्ने जिम्मा दिन उनले जनतासँग आग्रह गरेका छन्। पहिलो पार्टी बनेर जिम्मा पूरा गर्न नसके भुईँमा पछारिदिन उनले चुनौती दिए।
स्थानीय निर्वाचनलाई सफल पार्ने पहिलो र कांग्रेसलाई पहिलो दल बनाउने गरी मत ल्याउन पहल गर्ने दोस्रो कर्तव्य भएको उनले उल्लेख गरेका छन्।

गठबन्धनका दलहरुबीचको तालमेल उचित हो कि हैन भन्ने मतभिन्नता रहेको र यसबारे संघर्ष भोलिको दिनमा पनि हुने उनले बताए ।

उनले भने, ‘विभिन्न अवस्था र चरणमा कांग्रेसभित्र विभिन्न मत छन्। लामो छलफल गरेर माओवादीसँग तालमेलको निर्णय गरेको हो। कतिपय ठाउँमा पार्टीको निर्णय उल्लंघन भएको छ। तर पार्टीको निर्णय मान्नुपर्छ। एक्लै निर्वाचनमा होमिँदा त अप्ठेरो भएको थियो भने गठबन्धनसहित चुनावमा जाँदा अप्ठेरो छ।’

लामो समय पार्टीमा योगदान गरेका साथीहरु उम्मेदवारी दिनबाट बञ्चित भएकोमा उनले चिन्ता व्यक्त गरे।

निर्वाचनको बिषयलाई लिएर पार्टीभित्र आएका सबै असन्तुष्टि वेवास्ता गरेर नबसेको उनले बताए । पत्रकार सम्मेलनमा महामन्त्री थापाले निर्वाचनको सम्बन्धमा केन्द्रमा आएका उजुरी संकलन गरेको र निर्वाचनछि अध्ययन, विश्लेषण गरेर कारवाही गर्ने जानकारी दिए। चुनावमा होमिइसकेपछि पार्टीको निर्णयलाई सबैले सम्मानपुर्वक मान्नुपर्ने उनको भनाइ छ।

‘विभेद र अन्यायको क्षतिपूर्ति हुन्छ। पार्टीको कर्मठ साथीले आवेगमा आएर निर्णय गर्दा फेरि फर्केर आउने अवस्था हुँदैन। पार्टीभित्र भएका असन्तुष्टि सम्बोधन हुन्छ। स्थानीय तहको चुनावमा मत दिनुपर्ने दिन आउनै लाग्दासमेत तालमेलमै अल्झिनु दुखद हो। अघिल्ला प्रतिनिधिका कार्यक्षमताको मूल्याङ्कन गर्ने र अवको पाँचबर्षमा प्रतिनिधिले गर्ने कामबारे समीक्षा हुनुपर्नेमा दलहरुको तालमेलले चर्चा पाइरहेको छ,’ उनले भने।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रमा चुनावी गठबन्धनको लेखाजोखा गरेर बसेको तर जिल्लामा संगठन बेहाल भएको थापाले बताए।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले चुनावमा अनावश्यक सूचना तथा रणनीति चुहाउने काम नगर्न आग्रह गरेका छन्। अघिल्लो चुनावमा केहि स्थानमा यस्तो गल्ती भएको थियो यसलाई दोहोर्‍याउन दिन नहुनेमा उनले सजग गराएका हुन्। चुनाव प्रचार सामाग्री वितरण र आर्थिक परिचालन चुस्त बनाउन समन्वयन गर्न सम्बन्धित संयन्त्रलाई उनले आग्रह गरे।

घोषणापत्रमा भएका प्रतिवद्धता जनताको बिचमा लिएर जाने र जनताको एजेन्डा बनाउनपर्नेमा उनले जोड दिए। नेपाली कांग्रेसको जनतामुखी घोषणापत्र देखेर एमाले अध्यक्ष केपी शर्मा ओली आत्तिएको उनको भनाइ छ । ओली आत्तिएर कांग्रेसको घोषणापत्रलाई अनेक संज्ञा दिएको उनले बताए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवकको शव समुद्रमा भेटियो
३ मतले चुनाव हारेका एमाले उम्मेदवार थापाले हाले मुद्दा पुनः मतगणनाको माग
बालेनले नेपाली र नेपाल भाषामा सपथ लिँदा सुनिताले लिईन नेपाल भाषामा मात्र

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

१५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

ताजा

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.