निर्वाचनका बेला पत्रकारहरुले पक्षपोषण गर्दै समाचारहरु सम्प्रेशण गर्न नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ चितवनले भरतपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै चितवनका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले निर्वाचन आचारसंहिता पालना गराउन सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
उहाँले सामाजिक सञ्जालमा प्रयोग गर्दा समेत आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो । खोजमुलक समाचारको आवश्यकता रहेको उहाँको भनाई छ । गलत भ्रम सृजना गर्न नहुनेमा उहाँले जोड दिनुभयो । पत्रकारहरुले महासंघको आचार संहिता कार्यान्वमात्रै पनि निर्वाचन आचारसंहिता पालना गरे भन्दा राम्रो र प्रभावकारी हुने उनीहरुको भनाई थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकारहरु आचारसंहितको बिपरित जान नहुने उहाँको भनाई थियो ।
नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले निर्वाचनलाई भड्कीलो बनाउन नदिनका लागि पत्रकारहरु लाग्नु पर्ने बताउनुभयो । पत्रकार रमेश पौडेलले सूचना दिने नाममा गलत सूचना दिन नहुने बताउनुभयो । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार मधुसुदन दवाडी, प्रतिमा शिलवाल, प्रकाश अर्याल, प्रेम कंडेलले पत्रकारहरुका लागि बनाईएको आचार संहिता आँफैबाट कार्यान्वयनमा ल्याउन जरुरी रहेको बताउनु भएको थियो ।

